Loading...
मौलापुर नगरपालिकामा दोस्रो चरणको राहत वितरण अन्तिम चरणमा

ओम प्रकाश यादव जेठ ७ गते, रौतहट । रौतहटको मौलापुर नगरपालिकाको दोस्रो चरणको राहत वितरण कार्य अन्तिम चरणमा पुगेको छ । अहिलेसम्म दोस्रो चरणको राहत वितरण कुनै पनि स्थानीय तह गर्न नसकेको अवस्थामा सबभन्दा अगाडि दोस्रो चरणको राहत वितरण कार्य मौलापुर नगरपालिकाले नै केही दिन अघि सुरु गरेको थियो ।

मौलापु र नगरपालिकामा रहेको 9 वटा वडा मध्ये एक नं वडा बाहेक सबै वडामा दोस्रो चरणको राहत वितरण भइसकेको छ । यस नगरपालिकामा हुने खाने अथवा धनीलाई 30 किलो धानको बिउ र गरिब बिपन परिवारलाई 20 किलो चामल, 2 किलो दाल र एक किलो नुनको दरले खाद्यान्न सामग्री वितरण गरिएको छ ।

वडा नं २ मा २ सय परिवारलाई राहत वितरण गरिएको छ भने वडा नं ३ मा एक सय 60 परिवारलाई धानको बीउ, चार सय ६४ परिवारलाई खाद्यान्न, वडा नं ४ मा ९१ परिवारलाई धानको बीउ, ३ सय ७९ परिवारलाई खाद्यान्न, वडा नं ५ मा ९४ परिवारलाई धानको बीउ, ४ सय १ परिवारलाई खाद्यान्न, वडा नं ६ मा ३ सय ३० परिवारलाई धानको बीउ, ४ सय ४२ परिवारलाई खाद्यान्न, वडा नं ७ मा ९९ परिवारलाई धानको बीउ, ४ सय ९६ परिवारलाई खाद्यान्न, वडा नं ८ मा २ सय ५० परिवारलाई धानको बीउ, ५ सय ४८ परिवारलाई खाद्यान्न र वडा नं ९ मा ८२ परिवारलाई धानको बीउ तथा ६ सय ५६ परिवारलाई खाद्यान्न सामग्री वितरण गरिएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सीकेन्द्र साहले बताएका छन । वडा नं २ देखि ९ सम्म ११ सय ६ परिवारलाई धानको बीउ र ३५ सय ८६ परिवारलाई खाद्यान्न सामग्री वितरण गरिएको प्रमुख प्रशासकीय अधिकृत साहले बताए । वडा नं एक मर्यादपुर मा २ सय ३१ परिवारलाई धानको बीउ र ६ सय १६ परिवारलाई राहत सामग्री तथा वडा नं २ मा २ सय परिवारलाई धानको बीउ वितरण गर्न बाँकी रहेको समेत प्रमुख प्रशासकीय अधिकृत सिके नद्र साहले बताए ।

वडा नं एक मर्यादपुर मा २ सय ३१ परिवारलाई धानको बीउ र ६ सय १६ परिवारलाई राहत सामग्री तथा वडा नं २ मा २ सय परिवारलाई धानको बीउ वितरण गर्न बाँकी रहेको समेत प्रमुख प्रशासकीय अधिकृत सिके नद्र साहले बताए । घरेलु तथा साना उद्योग कार्यालय बाट प्राप्त भएको ६ सय बाहेक बाँकी सबै नगरपालिकाले नै राहत र बीउ खरिद गरेको उनले बताए ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *