Loading...
रौतहट मै पहिलो पटक मौलापुर नगरपालिकाका कर्मचारीहरु द्वारा ५० प्रतिशत तलबभत्ता नलिने

ओम प्रकाश यादव जेठ ७ गते, रौतहट । कोरोना भाइरसका कारण विश्वमै ठूलो संकट पैदा भएको बेला रौतहटमा पहिलो पटक मौलापुर नगरपालिकाका कर्मचारीहरुले आफ्ना ५० प्रतिशत तलबभत्ता नलिने घोषणा गरेका छन् । नगरपालिका कार्यालय र वडाका स्वास्थ्य कर्मी बाहेकका सम्पूर्ण कर्मचारीहरुले लक डाउन लागू भएको समय चैत्र ११ गतेदेखि लक डाउन रहुन्जेलसम्म को ५० प्रतिशत तलबभत्ता कोरोना भाइरसका बिरामीको उपचारका लागि दिने घोषणा गरेका छन् ।

नेपाल सहित विश्व नै अहिले कोरोना विरुद्ध लडिरहेको अवस्थामा आफूहरुले पनि सरकारलाई सहयोग गर्ने र कोरोना बाट कसैले पनि अकालमै ज्यान गुमाउनु नपरोस भन्ने उद्देश्यका साथ आफूहरुले आफ्ना ५० प्रतिशत तलब नली कोरोना मै खर्च गर्ने मौलापुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सिकेनद्र साहले बताएका छन् ।

महाबिपदको यस घडीमा समस्यामा परेकाहरूलाई सहयो ग गर्ने अभिप्रायले आफ्ना नगरका करीब ५० जना कर्मचारीहरू तलबभत्ता नलिने घोषणा गरेको प्रमुख प्रशासकीय अधिकृत साहले बताए । मौलापुर नगरपालिकाका कर्मचारीहरुले लिएको यो एतिहासीक कदम निकै सराहनीय रहेको भन्दै सबैले उनीहरूको प्रशंसा गरिरहेको छ त्यसैले यस नगरपालिकाका कर्मचारीहरू जस्तै अरू स्थानीय तहका पनि कर्मचारीहरुलाई ५० प्रतिशत तलब न लिन दबाब परेको छ ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *