Loading...
इशनाथ नगरपालिकामा क्वारेन्टाईन, त्यसमा बस्नेको संख्या र कोरोना पोजेटिभ सबभन्दा बढी

ओम प्रकाश यादव रौतहट, जेठ ९ गते । रौतहटको इशनाथ नगरपालिकाले जिल्लामै सबै स्थानीय तहभन्दा बढी क्वारेन्टाईन निर्माण गरेको छ । इशनाथ नगरपालिकामा सबभन्दा बढी क्वारेन्टाईन निर्माण भएको छ भने क्वारेनटाईनमा बस्नेहरुको संख्या पनि सबभन्दा बढी नै रहेको छ । यति मात्रै हैन यहाँ कोरोना पोजेटिभ आएकाहरुको संख्या पनि जिल्लामै सबभन्दा बढी रहेको छ ।

अन्य स्थानीय तहहरुमा सञ्चालित क्वारेन्टाईनमा बस्नेहरुको संख्या एक सय जनासम्म मात्रै रहेको अवस्थामा इशनाथ नगरपालिकाको क्वारेन्टाईनमा बस्नेहरुको संख्या ७ सय पुगेको छ । त्यस्तै जिल्लाका अन्य स्थानीय तहहरु अहिलेसम्म दुई ठाउँसम्म मात्रै क्वारेन्टाईन निर्माण गरेको अवस्थामा इशनाथ नगरपालिकाले ८ ठाउँमा एक हजार ५० बेड संख्याको क्वारेन्टाईन निर्माण गरी सञ्चालन गरेको छ ।

आठवटा क्वारेन्टाईनबाट पनि नपुगिने भएपछि थप एक क्वारेन्टाईन अझै निर्माण गरिरहेको नगर प्रमुख संतोश मेहताले बताउनुभएको छ । यस्तै यस नगरपालिकामा कोरोना भाइरस संक्रमितको संख्या पनि अहिलेसम्म ११ पुगेको छ यो संख्या जिल्लामै सबभन्दा बढी रहेको छ । इशनाथ नगरपालिकाका अधिकांश गाउँहरु भारतसँग जोडिएको छ ।

यस नगरपालिकाका अधिकांश व्यक्तिहरु विभिन्न काम र मजदुरी गर्न भारतमा नै जाने गरेका छन । भारतबाट लुकिछिपी आउनेहरुको संख्या बढन थालेपछि क्वारेन्टाईनको संख्या बढाउनु परेको मेयर मेहताले बताउनुभयो । अहिले दिनहु जसो १५ देखी २० जनासम्म भारतबाट आउने गरेको र ति व्यक्तिहरुलाई सिमा नाकाबाट नै पक्राउ गरी क्वारेन्टाईन पठाउने गरेको मेयर मेहताले बताउनुभयो । अबको केहिदिनमै करिव ४ हजार व्यक्तिहरु भारतबाट आउँदे गरेको समेत उनले बताए ।

यस नगरपालिकामा भारतबाट आउनेहरुको संख्या बढदै गएकोले कोरोना संक्रमितहरुको संख्या पनि बढने अनुमान गरिएको छ ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *