Loading...
रौतहटको इशनाथ नगरपालिकामा १० हजार भन्दाबढी परिवारलाई राहत वितरण

ओम प्रकाश यादव रौतहट, जेठ ९ गते । रौतहटको इशनाथ नगरपालिकाले १० हजार भन्दा बढी परिवारलाई राहत वितरण गरेको छ । विश्वमै महामारीको रुपमा फैलिएको कोरोना भाइरस रोकथाम र नियन्त्रणको लागि सरकारले लागु गरेको लकडाउनका कारण समस्यामा परेका अति गरिव तथा विपन्न परिवारहरुलाई इशनाथ नगरपालिकाले पनि राहत बाँडेको हो ।

नगरका १० हजार भन्दा बढी परिवारलाई प्रति परिवार २० किलो चामल, २ किलो दाल, २ किलो स्वाबीन, १ किलो नुन, १ लिटर खाने तेल लगाएतका राहत सामग्रि वितरण गरिएको इशनाथ नगरपालिकाका मेयर संतोश मेहताले बताएका छन । त्यस्तै नगरवासीलाई कोरोनाबाट सुरक्षित राख्न प्रत्येक परिवारलाई एक एक पिस सेनिटाईजर, २ पिस साबुन र पाँच पाँच पिस मास्क पनि वितरण गरेको नगर प्रमुख मेहताले बताए ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *