Loading...
कालापानीको जवाफ मधेशीलाई गोलि ठोकी त्रुटिपूर्ण संबिधान बनाइ दिपावली गर्नेले दिन्छ -उपेन्द्र

सरोज खिलाडी

जनता समाजबादी नेपालका नेता तथा पूर्ब उप प्रधानमन्त्री उपेन्द्र यादवले लिम्पिया धुरा तथा कालापानिको समस्या कांग्रेस र नेकपाका नेताहरुले नै निम्तियाएको आरोप लगाउनु भएको छ। उहाले यो आरोप संघिय अनलाइन डट कमको पेज संघीय समाचार बाट राति ८ बजे प्रशारित अनलाइन लाइभ कार्यक्रम “सर्वपक्षीय निकास” मा लगाउनु भएको हो। मधेशीले त्रुटिपूर्ण संबिधान बनाएको र त्यो स्वीकार नहुने भन्दा भन्दै टाउकोमा गोलि ठोकी दमन गरेर ल्याइएको संबिधान मै नेपालको नक्शा गलत रहेको उल्लेख गर्दै संबिधान ल्याउने र दिपावली गर्नेले लिम्पियाधुरा र कालापानीको बारेमा जवाफ दिनुपर्ने उहाको भनाइ रहेको छ । उहाले भन्नु भयो – ” यो घटना आजको होइन। कांग्रेस र एमालेले नै चुच्चे नेपालको नक्सालाइ गलत तयार गरेर संबिधानको अनुसूचीमा रहेको निशान छापमा समेत गलत गरेका छन्। जसलाई सच्याउन जरुरि छ। हामीले त सुरु देखि नै संबिधान संशोधन गर्न माग गरि नै राखेका छौ।” सुन्नुहोस् उहाको अन्तर्वार्ता

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *