Loading...
ठेकेदारको दादागिरी ! विद्यालय भवनमा गुणस्तरहीन सामाग्री प्रयोग, स्थानीयले गरे अवरुद्ध

ओम प्रकाश यादव जेठ १८ गते, रौतहट । रौतहटको दुर्गा भगवती गाउँपालिका ४ पचरुखीमा निर्माण भइरहेको श्री नि.मा.वि. आधारभुत विद्यालयको भवनमा गुणस्तरहीन सामग्रि प्रयोग गरिएको पाइएको छ । विद्यालयको भवन निर्माणमा दुई नम्बर बालुवा र गिटि प्रयोग गरेको भन्दै स्थानीयहरुले कामकाज अवरुद्ध गरेका छन । समपुरक अनुदान र दुर्गा भगवती गाउँपालिकाको गरी १ करोड ९ लाख ८५ हजार ३ सय ७९ रुपैया लागतमा निर्माण भइरहेको उक्त विद्यालय भवनको ठेक्का गौर २ रौतहटको पशुपति निर्माण सेवाले लिएको छ । ठेकेदार कम्पनीले भवनमा गुणस्तरहीन सामग्रि प्रयोग गरेको स्थानीयहरुले फेला पारेपछि काम बन्द गराएका छन । आउदो असाढ महिनाको १५ गतेसम्म सक्ने विद्यालय भवन निर्माणको तल्लो भाग निर्माणका क्रममा दुई नम्बर गिटि र बालुवा प्रयोग भएको पाईएको छ । सो भवनमा आधी माटो मिसिएको गिटि र माटोवाल बालुवा प्रयोग गरिएको स्थानीयहरुले बताएका छन । उक्त विद्यालय भवनको कुर्सीमा प्रयाप्त मात्रामा सिमेन्ट प्रयोग नगरेका कारण पुर्व तर्फको कुर्सीको पर्खाल भाच्न थालेको छ । दुई नम्बर बालुवा प्रयोग गरिएकै कारण कुर्सी अहिले नै पुर्वतर्फ भसेको स्थानीय असर्फि यादवले बताए । ठेकेदार कम्पनी पशुपति निर्माण सेवाले मापदण्डको विपरीत गई निर्माण कार्य गरेको उनको भनाई छ । सयौ विद्यार्थीको भविश्यसँग जोडिएको विद्यालय जस्तो अति आवश्यक भवन निर्माणमा गुणस्तरहीन सामग्रि प्रयोग गर्नु हजारौ विद्यार्थीको भविश्यसँग खेलवाड गर्नु सरह नै रहेको अर्का स्थानीय सुरज मिश्राले बताए । पशुपति निर्माण सेवाले गुणस्तरहीन सामग्रि प्रयोग गरी सो विद्यालयको भवन निर्माण गरिरहेको भन्दै स्थानीय बासिन्दाहरुले कडा विरोध गरेपछि हिजोदेखी निर्माण कार्य रोकिएको हो । स्थानीयहरुको विरोधपछि दुर्गा भगवती गाउँपालिकाले हिजो शनिवारदेखी सो भवन निर्माण कार्यमा रोक लगाएको हो । विद्यालय भवनको तल्लो भागको पर्खाल भस्न थालेकोले निर्माण कार्यमा रोक लगाएको गाउँपालिकाका अध्यक्ष अरुण साहले बताएका छन । निर्माण गरिएको कुर्सीलाई भत्काई सम्भौता भए अनुसार अबदेखी फेरी निर्माण गर्न ठेकेदार कम्पनीलाई निर्देशन दिएको अध्यक्ष साहले बताए । स्थानीयबासिन्दाहरुले पनि निर्मित कुर्सीलाई भत्काई अबदेखी गुणस्तरीय काम गर्नुपर्ने माग गरी निर्माण कार्यमा अवरोध पुरयाएका थिए । स्थानीयहरुका अनुसार आफुहरुले दुई नम्बरको बालुवा र गिटि प्रयोगको बारेमा कडा विरोध गरेपछि निर्माण कम्पनीले बल्ल ओरिजिनल बालुवा र गिटि ल्याएर राखेको छ । यस विषयमा ठेकेदार कम्पनी पशुपति निर्माण सेवाका सञ्चालकको मोवाईल ९८५५०४०६०१ म फोन गर्दा फोन उठेको छैन ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *