Loading...
फलामको रड तताएर करदाताको ढाड सेक्दै ओली सरकार, लकडाउन मै कर तिर्न कडा चेतावनी

२० जेठ, काठमाडौं । सरकारले लकडाउनमै उद्योगी तथा व्यवसायीलाई तोकिएको समयभित्र आर्थिक वर्षको तेस्रो त्रैमासिकको कर भुक्तानी गर्न ताकेता गरेको छ । सरकारले सूचना नै निकालेर पछिल्लो पटक कर तिर्न बढाइएको म्यादभित्र कर तिर्न दबाव बढाएको छ ।

१४ वैशाखको मन्त्रिपरिषद बैठकले वैशाख २५ सम्मको कर तिर्ने समय एक महिना थप्ने निर्णय गरेको थियो । यसै बीच आन्तरिक राजस्व विभागले जेठ २५ गतेभित्र कर बुझाएर शुल्क, थप दस्तुर, ब्याज र जविरवाना बच्न आग्रह गर्दै सार्वजनिक सूचना निकालको छ ।
तर, पछिल्लोपटक लकडाउन लम्बाउँदै जेठ ३२ सम्म विस्तार गर्ने निर्णय लिएको सरकारले जेठ २५ पछिको कर भुक्तानीको लागि दिइएको म्याद थपेको छैन ।

लकडाउन लम्बिएपछि न त सार्वजनिक गाडि गुडेका छन् न त करदाता बैंक वा कर कार्यालयसम्म पुग्न पाएका छन् । आर्थिक गतिविधि समेत ठप्प छन् । यस्तो अवस्थामा कर तिर्न थप समय दिनुपर्ने माग उद्योगी तथा व्यवसायीको छ । अहिलेको लकडाउन मा कर तिर्न भन्नु ब्यापारीको ढाड सक्नु जस्तै हो, करदाताहरुको भनाइ रहेको छ । कर कार्यालय बाट जारी हेको सुचनामा जेठ २५ सम्म कर नबुझाए ब्याज सहित कर लिने कुरा उल्लेख गरिएको छ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *