Loading...
रौतहटमा एकैदिन थपिए ७४ कोरोना संक्रमित, १८ मध्ये १७ स्थानीय तहमा कोरोना फैलियो

ओम प्रकाश यादव रौतहट, जेठ २० गते । रौतहटमा एकैदिन ७४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । योसँगै रौतहटमा कोरोना भारसबाट संक्रमित हुनेको संख्या ३०७ पुगेको छ । काठमाडौंको टेकु अस्पतालमा गरिएको परीक्षणमा रौतहटको राजपुर, परोहा, राजदेवी, गौर, गढिमाई नगरपालिका, दुर्गा भगवती गाउँपालिका र यमुनामाई गाउँपालिकाका व्यक्तिमा मंगलवार संक्रमण पुष्टि भएको हो । राजपुर नगरपालिकाका २१ जना, राजदेवी नगपालिकाका १८, दुर्गा भगवती गाउँपाललिकाका १४ जना, गौर नगरपालिकाका १३ जना, परोहा नगरपलिकाका ४ जना, यमुनामाइ गाउँपालिकाका ३ जना र गढीमाइ नगरपालिकाका १ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको रौतहटका प्रमुख जिल्ला अधिकारी वासुदेव घिमिरले जानकारी दिनुभयो । मंगलवार संक्रमण पुष्टि भएका सबै जना भारतका विभिन्न सहरबाट भर्खरै रौतहट आएका नेपालीहरु रहेका छन् । संक्रमण पुष्टि भएका सबै जना सम्बन्धित नगरपालिकाको क्वारेन्टिनमा रहेका छन । यसअघि सोमवार मात्रै १८ जनामा संक्रमण पुष्टि भएको थियो । जिल्लाको विभिन्न स्थानीय तहले हालसम्म निर्माण गरेको ९ हजार ३ सय ५२ बेडको क्वारेन्टाईनमा ३ सय २४ महिला र ७ हजार ७ सय ३५ पुरुष गरी जम्मा ८ हजार ५९ जना बसिरहेका छन । यस जिल्लाको क्वारेन्टाईनबाट नेगेटिभ रिपोर्ट आएका ११ सय ८७ जनालाई घर फिर्ता गरिसकिएको जिल्ला प्रशासन कार्यालय गौरका नायब सुब्बा राम नरेश साहले बताउनुभएको छ । । संक्रमितको संख्या बढेसँगै उपचार गर्ने आइसोलेसन कक्षहरुको अभाव हुन थालेको छ । जिल्लामा आइसोलेसन वेडको अभाव हुँदा संक्रमितहरुलाई कहाँ राखेर उपचार गर्ने भन्नेबारे अन्यौल छाएको छ । यसैविच रौतहटमा रहेको १८ स्थानीयतहमध्ये अहिलेसम्म १७ वटा स्थानीय तहमा कोरोना फैलिसकेको छ । जिल्लाको चन्द्रपुर नगरपालिका बाहेक १५ नगरपालिका र २ गाउँपालिका गरी १७ वटा स्थानीय तहमा कोरोना भाइरस फैलिसकेको छ । सबैभन्दा बढी राजपुर नगरपालिकामा १०४ जना कोरोना संक्रमति भेटिइसकेका छन । यस्तै ईशनाथ नगरपालिकामा ६९ जना संक्रमित रहेका छन ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *