Loading...
पानी टंकी निर्माणको विषयमा वडा अध्यक्ष पक्ष र गाउँलेबीच झडप, एक जना घाईते

ओम प्रकाश यादव रौतहट, जेठ २० गते । पानी टंकीको विषयलाई लिएर रौतहटको माधवनारायण नगरपालिका ३ सखुअवामा आज झडप भएको छ । वडा अध्यक्ष राजकुमार यादवले निर्माण गर्न लागेको पानी टंकीको विषयमा भएको झडपमा एक जना घाईते भएका छन । घाईते हुनेमा सखुअवाका शंकर यादव रहेका छन । झडपमा यादवको हात भाचेको छ । उनको अहिले भरतपुरमा उपचार भइरहेको छ । झडपमा वडा अध्यक्ष यादव पक्षले गरेको आक्रमणमा परेर शंकर यादव घाईते भएको स्थानीयहरुले बताएका छन । पानी टंकी निर्माणको विषयमा वडा अध्यक्ष राजकुमार यादवपक्ष र गाउँलेबीच सामान्य झडप भएको इलाका प्रहरी कार्यालय गरुडाका प्रहरी नायव उपरीक्षक डिएसपी ज्ञान कुमार महतोले बताउनुभएको छ । घटनाको विषयमा अनुसन्धान भइरहेको प्रहरी नायव उपरीक्षक महतोले बताउनुभयो । प्राप्त जानकारी अनुसार नेकपाबाट निर्वाचित वडा अध्यक्ष यादवले आफना मनलाग्दी स्थानीयहरुसँग कुनै राय सल्लाह नगरी एकलौटि रुपमा पुस्तौ पुस्तादेखी आवादी रहेको सखुअट भन्ने ठाउँमा पानी टंकी निर्माण गर्न लागेका हुन । सो ठाउँमा नभई अन्यत्र पानी टंकी निर्माण गर्नुपर्ने भन्दै स्थानीयहरुले विरोध गरेपछि वडा अध्यक्ष यादव पक्ष त्यही ठाउँमा टंकी निर्माण गर्ने अडान लिएपछि दुवैतर्फविच झडप भएको बुझिएको हो । वडा अध्यक्ष यादवले आफु सतापक्षको छु कले के गर्न सक्छ भन्दै कसैसँग राय सल्लाह नगरी एकलौटी पानी टंकी निर्माण गर्न खोज्दा स्थानीयहरु विरोध गरेपछि स्थानीय र वडा अध्यक्षपक्षवीच भनाभन भएको थियो । दुवैपक्षवीच भएको भनाभन झडपमा परिणत भएपछि ईलाका प्रहरी कार्यालय गरुडाबाट गएको टोलीले साम्य पारेको थियो । स्थानीयहरुले वडा अध्यक्ष यादव एकलौटि रुपमा पानी टंकी निर्माण गर्न खोजेको आरोप लगाएका छन तर वडा अध्यक्ष राजकुमार यादवले भने आफु सबैको सहमतिमा नै उक्त ठाउँमा पानी टंकी निर्माण गर्न लागेको बताएका छन ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *