Loading...
आफूमाथि लगाएको आरोप प्रमाणित गर्न सांसद साहलाई मन्त्री यादवको चुनौती (बिज्ञप्ति सहित)

ओम प्रकाश यादव जेठ २४ गते, रौतहट । प्रदेश २ का भूमि व्यवस्था कृषि तथा सहकारी राज्य मन्त्री योगेन्द्र यादवले आफूमाथि अनियमितता सम्बन्धी लगाएको आरोप प्रमाणित गरेर देखाउन सांसद प्रभु साहलाई चुनौती दिएका छन् । पूर्व मन्त्री एवं रौतहट निर्वाचन क्षेत्र नं ३ का सांसद प्रभु साहले हिजो मात्रै विश्व यतिखेर कोरोना महामारीले संकटपूर्ण अवस्थाबाट गुज्रिरहेको अवस्थामा प्रदेश २ सरकारका कृषि मन्त्रालय र कृषि मन्त्रीहरु व्यापक अनियमितता गर्न लागेको भनी आरोप लगाएका थिए । प्रभु साहले आरोप लगाएपछि भूमि व्यवस्था कृषि तथा सहकारी राज्य मन्त्री योगेन्द्र यादवले आज प्रेस विज्ञप्ति निकालेर आफ्ना मन्त्रालय माथि लगाएको आरोप प्रमाणित गरेर देखाउन संघीय सांसद प्रभु साहलाई खुल्ला चुनौती दिएका छन् । तत्कालीन समाजवादी युवा संघ का केन्द्रीय अध्यक्ष समेत रहेका कृषि राज्य मन्त्री यादवले प्रदेश सरकारको एकपछि अर्काे उदाहरणीय काम देखेर मानसिक रूपमा विचलित भई प्रभु साह आफूमाथि गलत, भ्रामक, कपो कल्पित एवं झूठा आरोप लगाई जनतामा ब्रह्म फैलाइएको आरोप लगाएका छन् ।

विश्व महामारीको रुपमा फैलिएको कोरोना भाईरस (काभिड–१९) को प्रकोप नियन्त्रण गर्न अहोरात्र खटेका प्रदेश २ सरकारलाई बिना प्रमाण कपोल कल्पित ढङ्गले खास गरि भुमि ब्यवस्था, कृषि तथा सहकारी मन्त्रालय मातहत प्रदेश भरि रहेका कृषि ज्ञान केन्द्र मार्फत मन्त्री र राज्यमन्त्रीको संलग्नतामा बिभिन्न विकास कार्यक्रम वापत आर्थिक संकलन गरेको भनि नेकपा प्रदेश २ का अध्यक्ष एवं पुर्व मन्त्री मा. प्रभु साह ले समाजिक सञ्जाल मार्फत लगाएका आरोप प्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको मन्त्री यादवले विज्ञप्तिमा उल्लेख गरेका हुन् । प्रदेश सरकारले कोभिड–१९ को प्रभाव न्यूनिकरण गर्न किसानहरुलाई लक डाउन अबधीको राहत एवं ब्याज मिनहा गर्ने जस्ता अति महत्वपुर्ण कार्यक्रम गर्नुका साथै कृषि सडक, सोलार पम्प र पशु पन्छी संग जोडिएका बिकासे कार्यक्रम संचालनका निम्ति सुचना प्रकाशन भईरहेको बेलामा सांसद साह आत्तिएर मानसिक रुपमा बिचलित भई यस्ता आरोप लगाएको मन्त्री यादवको ठहर छ । तसर्थ हट्ठात मानसिक्ताले मानसिक संतुलन गुमाई नेता साहले दिएको अभिव्यक्ति समाजिक सञ्जालको लेखाई बाट नै तथ्यहिन रहेको कुरा सिद्ध भएको मन्त्री यादवले बताए । कृषि राज्य मन्त्री यादवले सांसद साह आफै स्वयम् रौतहट जिल्लामा चरम भ्रष्टाचारमा लिप्त रहेको, अकुत सम्पतीको श्रोत देखाउन नसकेको, जनयूद्ध प्रतिष्ठानको नाममा हरेक वर्ष स्थानिय तह बाट धाक धम्की देखाई करोडौको भ्रष्टाचार गरिरहेको, आफ्नो संसदीय बजेटलाई हिनामिना गरेको र विभिन्न घटनाका अभियुक्त समेत रहेको आरोप लगाएका छन । अन्त्यमा कृषि राज्य मन्त्री योगेन्द्र यादवले सांसद प्रभु साहले कमाएका अकुत सम्पतीको छानविन गर्न संघिय सरकारका सम्बन्धित निकाय संग हार्दिक अनुरोध गरेका छन् ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *