Loading...
बिबाद मिल्यो, जनता समाजवादीमा तीन जना अध्यक्ष, उपेन्द्र कार्यकारिणी अध्यक्ष हुने पक्का

२५ जेठ, काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालमा पाँच पदाधिकारी रहने टुंगो लागेको छ । अध्यक्ष तिन जना रहने छन् भने रहने छन् भने वरिष्ठ नेताद्वय राजेन्द्र महतो र अशोक राई पनि पदाधिकारी रहने छन् ।। तिन जना अध्यक्ष मा महन्थ ठाकुर, उपेन्द्र यादव र डा. बाबुराम भट्टराई रहने निर्णय भएको स्रोतले जानकारी दिएको छ । यस्तै बाँकी सबैको नाम मात्रै पठाइने भएको छ ।
जसपा नेताहरू दल दर्ताका लागि निर्वाचन आयोग जाँदैछन् ।

राजनीतिक दल सम्बन्धी ऐनमा एकीकरण वा गाभिने घोषणा गरेको ४५ दिनभित्र सम्झौताको प्रतिलिपी संलग्न गरेर निर्वाचन आयोगमा निवेदन दिनुपर्ने व्यवस्था छ । र ४५ दिन पुगेको थियो । महन्थ ठाकुर सर्वमान्य अध्यक्ष हुने र बाबुराम भट्टराइ संघिय परिषद अध्यक्ष रहने पहिले नै सहमति भै सकेको छ भने उपेन्द्र यादव अध्यक्ष हुनु को अर्थ कार्यकारिणी अध्यक्ष हुने बुझिन्छ ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *