Loading...
मलाइ पदमा होइन काममा बिश्वास छ, पद चाहिएको भए माओवादी मै बस्थे – डा. भट्टराई

सरोज खिलाडी

काठमाडौं, जेठ २६। जनता समाजवादी पार्टीको संघिय परिषद्को अध्यक्ष डा बाबुराम भट्टराई नै हुने पार्टीका नेता राजेन्द्र महतोले स्पष्ट पार्नु भएको छ ।
पार्टी दर्ता गराउदाँ निर्वाचन आयोगमा उनको नाम चौथो नम्बरमा रहेकाले पूर्ब प्रधानमन्त्री समेत रहेका डा भट्टराइको भूमिका माथी प्रश्न उठिरहेका बेला संघिय परिषद्को अध्यक्ष उहा नै हुने नेता महतोले पार्टीका नेताहरुले स्पष्ट परेका हुन् ।

नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँगको कुराकानीका क्रममा महतोले भन्नु भयो -” पार्टी दर्ताका लागि सजिलो बनाउन डा भट्टराई चौथो नम्बरमा बस्न तयार हुनु भएको हो ।

“उहाँकै उदारतामा उहाँलाई चौथो नम्बरमा राखिएको हो, त्यसको लागि उहाँलाई धन्यवाद दिनुपर्दछ । ठूलो मिसन बोकेको र प्रधानमन्त्री भइसकेको व्यक्तिलाई अन्य पद गौण हुन्छ, त्यसैले उहाँले उदारता देखाउनु भएको हो । महतोले भन्नु भयो – डा भट्टराइ पद भन्दा काम मा बिश्वास गर्नु हुन्छ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *