
जेठ २८ गते, रौतहट प्रदेश २ का भुमि व्यवस्था कृषि तथा सहकारी राज्य मन्त्री योगेन्द्र यादव र पुर्व मन्त्री एवं नेकपाका प्रदेश २ का अध्यक्ष प्रभु साहका विच रहेको विवाद आज संसद भवनमा प्रवेश गरेपछि संसद भवनमा हंगामा मच्चेको छ । रौतहट निर्वाचन क्षेत्र नं ३ का सांसद साहले केहि दिन अघि मात्रै प्रदेश २ सरकारको कृषि मन्त्री र मन्त्रालयमाथी भ्रष्टाचारको आरोप लगाएको थियो, साहले लगाएको भ्रष्टाचारको आरोप प्रमाणित गर्न कृषि राज्य मन्त्री यादव विज्ञप्ती नै निकालेर सांसद साहलाई चुनौति दिएपछि दुवैजना विचको विवाद अहिले उत्कर्षमा पुगेको छ । प्रदेश २ को आजको संसद बैठकमा नेकपाका प्रदेश सांसद कुन्दन कुश्वाहाले राज्य मन्त्री यादवको राजिनामाको माग गरेपछि सतापक्ष जनता समाजवादी पार्टिका पनि प्रदेश सांसदहरुले काशिनाथ तिवारी, शिक्षक सुनिल यादव, लगाएतको हत्या काण्डको पनि छानविन गरी दोषीलाई कार्यवाही गर्न माग गरेपछि संसद बैठकमै हंगामा मच्चेको थियो । सतापक्ष जनता समाजवादी पार्टीका प्रदेश सांसद बाबुलाल साह, बच्चा यादव र चमेली देवी दासले विभिन्न व्यतिmको हत्या काण्डका अभियुक्त समेत रहेका पुर्व मन्त्री प्रभु साहले विना तुक, प्रमाण र विना आधारको पटक पटक प्रदेश २ सरकारमाथी भ्रष्टाचारको आरोप लगाउँदै आएको भन्दै कडा आपति जनाएका छन । सतापक्षका ति सांसदहरुले निर्दोश तिवारी, यादव लगाएतका व्यक्तिको हत्या काण्डको छानविन गरी दोषीलाई कार्यवाहीको माग गरेका छन । विगत केहि दिन देखी रौतहटका नेता साह र यादववीच विवाद चर्किएको अवस्थामा विना तुक र विना आधारको प्रदेश २ लाई पटक पटक भ्रष्टाचारीको संज्ञा दिने नेकपाका प्रदेश २ अध्यक्ष प्रभु साहको यस्ता गैर जिम्मेवारीपुर्ण कार्यप्रति सतापक्षका सांसद तिव्र असन्तुष्टि र आपति जनाउँदै यस्ता कार्यलाई घोरभर्तसना गरेका छन । नेता साहको स्यवम विभिन्न हत्या हिंसामा नाम मुछिएको छ तसर्थ विगतका दिनमा भएका हत्याका फाईलहरु छानवीन गरी दोषीलाई कानुनि कठघारामा उभ्याउन सतापक्षका ति सांसदहरुले माग गरेका छन । साथै उनिहरुले विना प्रमाण झुठा आरोप लगाई प्रदेश २ लाई बदनाम गराउन खोज्ने नेता प्रभु साहलाई संस्कारी नेता बन्न सुझाव पनि दिएका छन ।
Facebook Comments