Loading...
उपेन्द्रको आक्रोस : राष्ट्रघात गरी मधेशीलाई गाली गर्ने कांग्रेस-कम्युनिस्ट नेताहरू माफी माग

सरोज खिलाडी

३१ जेठ, काठमाडौं । जनता समाजबादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले सुगौली सन्धिभन्दा पछाडि हटेर गरिएको महाकाली सन्धिमा राष्ट्रघात गरिएको बताएका छन् । यसका लागि कांग्रेस र कम्युनिस्टका नेताहरूले माफी माग्नुपर्ने उनको भनाइ रहेको छ ।

लिम्पियाधुरासहितका क्षेत्र समेटिएको नयाँ नक्साअनुसार निशान छाप परिर्वतन गर्न सरकारले ल्याएको संविधान संशोधन विधेयकको दफावार छलफलमा भाग लिँदै अध्यक्ष यादवले सुगौली सन्धि आफैँमा अपमानजनक भएको बताउनु भएको छ । महाकाली सन्धि गर्दा वर्तमान प्रधानमन्त्री केपी शर्मा ओली समेत रहेका भन्दै उनले भने जवाफ दिनुपर्‍यो सुगौली सन्धिभन्दा राष्ट्रिय हितमा पछाडि किन हटेको ?’

उहाले भन्नु भयो -“कांग्रेस र कम्युनिस्ट नेताहरूले राष्ट्रवादको नारा दिएर मधेशीहरूलाई गाली गर्छन तर राष्ट्रघात आफै गर्छन उनीहरुले जनतासँग माफी माग्नुपर्छ ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *