Loading...
उपेन्द्र यादवले ओलीमाथि आरोप लगाउदै भने – “राष्ट्रघाती सन्धि गर्ने अहिले प्रधानमन्त्री छन् “

सरोज खिलाडी

३१ जेठ, काठमाडौं । जनता समाजबादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले सुगौली सन्धिभन्दा पछाडि हटेर गरिएको महाकाली सन्धिमा राष्ट्रघात गरिएको बताएका छन् । यसका लागि कांग्रेस र कम्युनिस्टका नेताहरूले माफी माग्नुपर्ने उनको भनाइ रहेको छ ।

लिम्पियाधुरासहितका क्षेत्र समेटिएको नयाँ नक्साअनुसार निशान छाप परिर्वतन गर्न सरकारले ल्याएको संविधान संशोधन विधेयकको दफावार छलफलमा भाग लिँदै अध्यक्ष यादवले सुगौली सन्धि आफैँमा अपमानजनक भएको बताउनु भएको छ । उहाले भन्नु भयो – ‘‘नेपाल इष्ट इण्डीया कम्पनी र नेपालबीच भएको सुगौली सन्धि अत्यन्तै अपमानजनक थियो । नेपालले ठूलो भूमि गुमाउनुपर्यो । नेपालले कुनै पनि युरोपियन अमेरिकन वा विदेशीलाई इष्ट इण्डीया कम्पनीलाई सोध्नुपर्छ भन्ने अपमानकजनक कुरा थियो । काली नदी पश्चिम सीमाना भनेर स्पष्ट लेखिएको थियो । तर महाकाली सन्धि गर्दा सन्धिका हर्ताकर्ताहरु धेरै ठूला पार्टीका ठूला नेताहरु हुनुहुन्थ्यो, अहिलेका प्रधानमन्त्री पनि हुनुहुन्छ ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *