Loading...
नेपाली भुमि कसले बेचे ? त्यो देश बेचुवालाई पहिचान गरि टुँडिखेलमा झुण्ड्याउनु पर्छ – महतो

३१ जेठ, काठमाडौं । जनता पार्टी नेपालका नेता राजेन्द्र महतोले संविधानमा आफूहरुको असहमति भएपनि नयाँ नक्साअनुसार निसान छाप परिर्वतन गर्न ल्याइएको संविधान संशोधन प्रस्तावको समर्थन गर्ने बताएका छन् ।

संशोधन विधेयकको दफावार छलफलमा भाग लिँदै महतोले संविधानप्रति आफूहरुको असहमति रहेको बताउनु भयो । ५८ वर्ष पहिलेसम्म लिम्पियाधुरा, कालापानी लगायतका भूमि नेपालको नक्सामा रहेको स्मरण गर्दै उंहाले- “कुन देश बेचुवाले देश बेच्यो ? स्वेतपत्र जारी गर्नु पर्दैन ? देश बेचुवाहरुलाई टुँडिखेलमा झुण्ड्याउनु पर्दैन ?’ भनि प्रश्न समेत गरेका छन्।

उंहाले राष्ट्रघातीहरुको पहिचान गर्न माग गरेका छन् । २५ वर्ष पहिले महाकाली सन्धि कसरी भयो ? त्यसमै महाकाली नदीको मुहान कहा भनेर क्लियर गर्नु पर्दैन ? उहाको भनाइ रहेको थियो।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *