Loading...
बम विस्फोट तथा ज्यान मार्ने उद्योग मुद्दाका आरोपित सरोबर र साह जेल चलान

ओम प्रकाश यादव अषाढ १३ गते, रौतहट । बम बिस्फोट तथा ज्यान मार्ने उद्योग मुद्दामा पक्राउ परेका रौतहटका दुई जनालाई कारागार चलान गरिएको छ । बम विस्फोट तथा ज्यान मार्ने उद्योग मुद्दामा १० वर्ष पछि पक्राउ परेका रौतहटको ईशनाथ नगरपालिकाको रामपुरखाप निवासी गुलाम सरोवर र दिलीप कुमार साहलाई रौतहट जिल्ला अदालतले पुर्पक्षका लागि कारागार चलान गरेको हो । २०६७ साल चैत्र ११ गतेका दिन गौर बाट चन्द्रनिगाहपुर जादै गरेको ना २ ख ५७२१ नम्बरको यात्रु वाहक बसमा बम विस्फोट गराउँदा १३ जना घाइते भएका थिए । घटना पछि फरार रहेका दुवै जनालाइ प्रदेश प्रहरीका टोलीले पक्राउ गरी कार्यवाहिको लागि जिल्ला प्रहरी कार्यालय लाइ जिम्मा लगाएको थियो । सो विष्फोटको जिम्मा तत्कालिन भूमिगत समूह तराई जनतान्त्रीक मुक्ती मोर्चाले लिएको थियो । अनुसन्धान कार्य सम्पन्न भएपछि बयानको लागि विहिवार अदालतमा उपस्थित गराइएका सरोवर र साह लाइ बयान सकिए पछि अदालतले मुद्दाको कार्यवाही तथा अनुसन्धान गर्नको लागि कारागार पठाएको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी नायव उपरीक्षक भरत श्रेष्ठले बताउनु भएको छ ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *