Loading...
रौतहटमा ट्याक्टर नहरमा खस्दा च्यापिएर चालकको मृत्यु

ओम प्रकाश यादव रौतहट, अषाढ १३ गते । रौतहटको गुजरा नगरपालिकामा एउटा ट्याक्टर नहरमा खस्दा च्यापिएर चालकको मृत्यु भएको छ । शनिवार विहान ९ बजेको समयमा जिल्लाको गुजरा नगरपालिका ४ गढिमाई मन्दिर छेउमा तीब्र गतिमा गइरहेको ना ७ त ८७३८ नम्बरको ट्याक्टर नहरमा खस्दा चालकको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । मृत्यु हुनेमा गुजरा नगरपालिका १ मनहरवा गाउँका २७ बर्षिय संजय माझी रहेको प्रहरी चौकी हरिनगर पोखरभिण्डाका असई संजय सिंहले जानकारी दिनुभएको छ । खेतमा हलो जोतन जाँदै गरेको टयाक्टर बाटोबाट झन्डै १० फिट तल झर्दा चालक माझी उक्त ट्याक्टरले च्यापिएका थिए । ट्याक्टर नहरमा खसे लगत्तै प्रहरी र स्थानीयको सहयोगमा मृतक माझीको शव बाहिर निकालिएको र घटनाबारे अनुसन्धान भइरहेको प्रहरी चौकी हरिनगरले जनाएको छ ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *