Loading...
जसपाद्धारा रौतहटमा प्रदर्शन, विधेयक फिर्ता नलिए राष्ट्रियता बारे सोच्न बाध्य हुनेछु – दास

ओम प्रकाश यादव अषाढ १६ गते, रौतहट । ७ वर्षे बैवाहिक अङ्गिकृत नागरिकता सम्बन्धी विधेयकको विरुद्धमा जनता समाजवादी पार्टिले देशभर सहित रौतहटमा पनि मंगलवार विरोध प्रदर्शन गरेका छन । सतारुढ नेकपाले नागरिकता बिधियेक सम्बन्धी गरेको निर्णय प्रती घोर बिरोध जनाउदै जनता समाजवादी पार्टी जिल्ला कार्य समिति रौतहटले सदरमुकाम गौरमा कडा प्रदर्शन गरेको छ । सरकार हालै बिदेशी बुहारीलाई ७ बर्ष पछि मात्रै नागरिकता दिने विधेयक पारित गरेको छ । सरकारले ल्याएको उक्त नागरिक्ता सम्बन्धी विधेयक मधेश र मधेशी जनताको हित विपरीत रहेको भन्दै जनता समाजवादी पार्टिका नेता कार्यकर्ताहरुले प्रदर्शन गरेका छन । सरकारले ल्याएको विभेदकारी नागरिकता सम्बन्धी प्रबधान तत्काल फिर्ता लिनुपर्ने माग गर्दै जनता समाजवादी पार्टी रौतहटले गौरमा बिरोध प्रदर्शन गरेको छ । गौरको मधेशी क्रान्ती चौक बाट सुरु भएको बिरोध रैलीले गौर बजार परिक्रमा गरेको थियो । बिदेशी बुहारीलाई ७ बर्ष पछि मात्रै नागरिकता दिने प्राबधानले नेपाल भारत बिचको बेटि रोटिको सम्बन्धमा आच आउने र मधेशीलाई प्रत्यक्ष असर पर्ने भन्दै तत्काल निर्णय सच्चायाउन माग गरिएको छ । युवा नेता राजकुमार दासले सरकारले ल्याएको विभेदकारी नागरिकता सम्बन्धी विधेयक तत्काल फिर्ता नलिए आफुहरुले राष्ट्रियताको बिषयमा सोच्न बाध्य हुने चेतावनी दिनुभएको छ । त्यस्तै अर्का युवा नेता संजिव यादवले नेकपाले मधेशीप्रती चरम विभेद गरिरहेको भन्दै सोही पार्टीका मधेशी नेताहरुलाई समेत आवाज उठाउन आह्वान गर्नु भएको छ । बिरोध प्रदर्शनमा प्रदेश २ का विकास समितिका सभापति एवं प्रदेश सांसद शेख फुलबाबु, प्रदेश सांसदहरु बाबुलाल साह, राम किशोर राय यादव, समाजवादी पार्टिका रौतहट जिल्ला अध्यक्ष एवं देवाही गोनाही नगरपालिकाका नगर प्रमुख धर्मेन्द्र पटेल, गौर नगरपालिकाका नगर प्रमुख अजय गुप्ता, नेता अनिल सिंह, रेवान्त झा, शेख जम्शेद, किरन साह, कन्थमनी प्रसाद जयसवाल, राजकुमार दास, कौशल खान मिथिला, संजिव यादव, बिना कुसवाहा लगयातका नेता कार्यकर्ताहरुको उपस्थिती रहेको थियो ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *