
१६ असार, काठमाडौं । जनता समाजवादी पार्टीका नेता तथा पूर्ब प्रधानमन्त्री डा. बाबुराम भट्टराईले प्रधानमन्त्री फेर्ने षड्यन्त्र गरेको भए त्यस्तो षड्यन्त्र गर्ने राजदूतलाई किन देश निकाला नगरेको भनेर प्रश्न गरेका छन् ।
भारतले आफूलाई हटाउन खोजेको र दूतावास सक्रिय भएको आरोप प्रधानमन्त्री केपी शर्मा ओलीले लगाएका थिए । डा. भट्टराईले भन्नु भयो – “यदि त्यस्तो षड्यन्त्र गरेको भए किन देश निकाला नगरेको ?”
नागरिकता विधेयकको विरोधमा जसपाले गरेको विरोध प्रदर्शन कार्यक्रमलाई सम्बोधन गर्दै डा भट्टराईले देश गम्भीर समस्यामा रहेको तथा कहिले पार्टी फुटाउने विधेयक ल्याएको त कहिले हाच्छ्युं गरेर कोरोना उडाइदिनुपर्छ भनेर जग हसाएका प्रधानमन्त्रीले अहिले आफूलाई हटाउन कुनै देशको राजदूतले षड्यन्त्र गरेको कुरा हास्यास्पद रहेको बताउनु भएको थियो।
Facebook Comments