Loading...
कोरोना भाइरसका कारण रौतहटमा पहिलो पटक एक जना पुरुषको मृत्यु ।

ओम प्रकाश यादव गरुडा,

अषाढ ३१ गते । नोवेल कोरोना भाइरसका कारण रौतहटमा पहिलो पटक एक जनाको मृत्यु भएको छ । विश्वमै महामारीको रुपमा फैलिएको कोरोना भाइरस अर्थात कोभिड १९ बाट रौतहटको परोहा नगरपालिका—७ का ३६ बर्षिय एक पुरुषको आज मृत्यु भएको प्रमुख जिल्ला अधिकारी वासुदेव घिमिरेले जानकारी दिनुभएको छ ।

कोरोना संक्रमित ति युवकको विरगंज स्थित नारायणी अस्पतालको आइसीयू कक्षमा उपचारको क्रममा बुधवार दिउँसो २ बजेको समयमा मृत्यु भएको प्रमुख जिल्ला अधिकारी घिमिरेले जानकारी दिनुभयो । केहि दिन अघि मात्रै भारतबाट रौतहट आएका पटेललाई शुरुमा नेपाल भारत सिमाबाट नै क्वारेन्टाईन पठाईएको थियो ।

क्वारेन्टाईन भर्ना गरिएका पटेलको केहि दिनपछि कोरोना रिपोर्ट पोजेटिभ आएको थियो । पटेललाई कोरोना संक्रमण पुष्टि भएपछि केहि दिन अघि मात्रै उनलाई विरगंजको नारायणी अस्पतालको आइसीयू कक्षमा भर्ना गरिएको थियो । उपचारको क्रममा पटेलको बुधवार मृत्यु भएको जिल्ला प्रशासन कार्यालय रौतहटले जनाएको हो । कोरोना भाइरसका कारण रौतहटमा मृत्यु हुने पहिलो व्यक्ति पटेल नै रहेको देखिएको छ ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *