Loading...
पिसीआर मेसिन जडानका लागि माधवनारायण नगरपालिकाको ५ लाख सहयोग ।

ओम प्रकाश यादव भदौ ५ गते, रौतहट । रौतहटको माधवनारायण नगरपालिकाले पिसीआर मेसिन जडानका लागि ५ लाख रुपैया सहयोग गरेको छ । नगरपालिकाले आफनै जिल्लामा कोरोना जाँचको लागि पिसिआर मेसिन जडान गर्न जिल्ला प्रशासन कार्यालयलाई ५ लाख रुपैया सहयोग गरेको हो । नगर प्रमुख विरेन्द्र यादवले जिल्ला प्रशासन कार्यालयलाई रु ५ लाख बराबरको चेक हस्तान्त्रण गरेका छन ।

जिल्ला विपद व्यवस्थापन समिति तथा जिल्ला स्तरीय कोभिड १९ संकट व्यवस्थापन केन्द्रको निर्णय बमोजिम जिल्ला अस्पताल गौरमा सञ्चालन हुने पिसीआर मेसिनको लागि आवश्यक पर्ने ल्याव, आइसोलेसन सञ्चालन तथा व्यवस्थापनका लागि उक्त रकम सहयोग गरेको नगर प्रमुख यादवले बताए । कोरोना भाइरसका कारण अवस्था भयावह बन्न थालेपछि प्रदेश सरकारको मन्त्रीपरिषदको बैठकले रौतहटमा एउटा पिसिआर मेसिन जडान गर्ने निर्णय गरेको थियो ।

तर उक्त मेसिन जडान गर्न जिल्ला अस्पतालसँग प्रयाप्त बजेट नभएको भन्दै केहि दिन अघि मात्रै बसेको विपद व्यवस्थापन समिति र जिल्ला स्तरीय कोभिड १९ संकट व्यवस्थापन केन्द्रको बैठकले प्रत्येक पालिकालाई रु ५,५ लाख रुपैया सहयोग गर्न आह्वान गरेको थियो । सोही निर्णय अनुसार माधवनारायण नगरपालिका पनि ५ लाख रुपैया सहयोग गरेको हो । त्यस्तै गढिमाई नगरपालिकाले पनि ५ लाख सहयोग गरिसकेको मेयर श्याम प्रसाद यादवले जानकारी दिएका छन । जिल्लाका अन्य स्थानीयतहहरु पनि सहयोग गर्ने क्रम जारी रहेको छ ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *