Loading...
पुजारीको हत्यारालाई तुरुन्त पहिचान गरी कार्यवाही गर्न सिडीओलाई मन्त्री यादवको कडा निर्देशन ।

ओम प्रकाश यादव भदौ ५ गते, रौतहट । प्रदेश सांसद एवं प्रदेश २ का भुमि व्यवस्था कृषि तथा सहकारी राज्य मन्त्री योगेन्द्र यादवले रौतहटमा २ दिन अघि एक मन्दिरका पुजारीलाई गोली हानी हत्या गर्ने हत्याराहरुलाई तुरुन्त पता लगाई कडा भन्दा कडा कार्यवाही गर्न प्रशासनलाई आग्रह गरेका छन ।

गएको बुधवार राति सबा ९ बजे रौतहटको माधवनारायण नगरपालिका २ खेसरहिया स्थित हनुमान मन्दिरका पुजारी ६५ वर्षिय श्रीराम साहलाई अज्ञात व्यक्तिको समुहले कन्चटमा गोली प्रहार गरी हत्या गरेको थियो । गोली प्रहारबाट उनको घटनास्थलमै मृत्यु भएको थियो । पुजारीलाई गोली प्रहार गर्ने समुहको अझै पहिचान हुन सकेको छैन ।

रौतहट निर्वाचन क्षेत्र नं १ को ख बाट प्रदेश सांसदमा निर्वाचित प्रदेश सांसद एवं कृषि राज्य मन्त्री योगेन्द्र यादवले आज रौतहटका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवलाई टेलिफोन गरी यस पुजारी हत्या काण्डका दोषीलाई अविलम्ब पक्राउ गरी कडा कार्यवाही गर्न निर्देशन दिएका हुन । राज्य मन्त्री यादवले शृंखलाबद्ध रूपमा भएको यस गम्भीर हत्याकाण्डका दोषीलाई तुरुन्त खोजविन गरी कानुनी कठघारामा उभ्याउन सिडियो यादवलाई कडा निर्देशन दिएका हुन ।

मन्त्री यादवले रौतहटमा केहि दिनयता लगातार भइरहेको यस्ता अपराधिक घटनाले आम जनतामा त्रासको स्थिति सृजनामात्र नभई सुरक्षा निकायको कार्यक्षमतामाथी समेत गम्भीर प्रश्न खडा भएको भन्दै यस हत्या काण्डका दोषीलाई पता लगाउन र कार्यवाही गर्न सुरक्षा निकायलाई सम्पुर्ण सक्ति लगाउन आग्रह गरेका हुन । कृषि राज्य मन्त्री योगेन्द्र यादवले टेलिफोन मार्फत प्रमुख जिल्ला अधिकारी यादवलाई निर्देशन दिएपछि सिडियो यादवले पनि पुजारी हत्या काण्डका दोषीलाई जसरीपनि पता लगाई कानुनी कठघारामा उभ्याउने भनी मन्त्री यादवलाई आश्वासन दिनुभएको छ ।

मन्दिरका पुजारी जस्तो व्यक्तिलाई गोली हानी हत्या गर्नु जघन्य अपरा रहेकोले यस्ता अपराधीलाई पहिचान गरी कार्यवाही गर्न कुनै पनि शर्तमा ढिला गर्न नहुने मन्त्री यादवको तर्क छ ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *