Loading...
जसपा नेता राजकुमार दास घरमै बसेर १३ दिनमै जिते कोरोना दासले कसरी जिते कोरोना।

ओम प्रकाश यादव रौतहट, भदौ ६ गते । जनता समाजवादी पार्टीका प्रभावशाली एवं चर्चित नेता राजकुमार दासले कोरोना भाइरसलाई जितेका छन् । कोरोना भाइरसको संक्रमण देखिएपछि आफनै घरको आइसोलेसनमा बसिरहेका युवा नेता दासको पछिल्लो रिपोर्ट नेगेटिभ आएको हो । जनता समाजवादीका एक कुश्ल, नीडर, स्वक्ष छवीका धनी, क्रान्तिकारी नेता दासले १३ दिनमै कोरोनालाई जित्न सफल भएका हुन् ।

उनले आज फेसबुकमार्फत आफ्नो दास्रो कोरोना रिपोर्ट नेगेटिभ आएको जानकारी गराएका हुन् । उनले घरभित्र आइसोलेट भई अनुशासित भएर सुरक्षित बसी कोरोनालाई जितेको उल्लेख गरेका छन ्। डाक्टरले दिएको सुझावअनुसार चलेकाले कोरोनालाई जित्न सफल भएको उनले लेखेका छन ्। ‘डाक्टरको सल्लाह र निर्देशनबमोजिम अझै सात दिनसम्म आइसोलेट भएर बस्नुपर्ने भएको हुनाले म घरमै होम आइसोलेसनमा रहन्छु’, उनले फेसबुकमा लेखेका छन् । नेता दासलाई शुरुमा ज्वरो र हल्का खोकी लागेको थियो । ज्वरो र रुघा खोकीले विरामी परेपछि कोरोनाको आशंका लाग्दा साउन २२ गते आफना पिसीआर टेष्ट गराउँदा नेता दासको २६ गते कोरोना पोजेटिभ भएको रिपोर्ट थियो । साउन २६ गते कोरोना पोजेटिभ भएको रिपोर्ट आएपनि स्वाब टेष्ट गराएदेखी नै नेता दास आफनै घरमा व्यवस्थित आइसोलेसन बनाइ बस्दै आइरहेको थिए ।

समाज र आफना घरपरिवारको स्वास्थ्यलाई ख्याल गरी पिसिआर टेष्ट गराएदेखी नै उनले आफन घरपरिवारका सम्पुर्ण सदस्यहरुसँग छुटै एउटा कोठामा बस्दै आएका छन । नेता दासले आफनै घरबाट कोरोनाविरुद्ध विजयी प्राप्त गर्दा धेरै खुसी लागेको बताएका छन । कोरोना जित्दा आफुले नयाँ जिवन पाएको जस्तो लागिरहेको युवा नेता दासको भनाई छ । नेता दासले कोरोना जित्न के के गरे, के के खानु भयो । रौतहटका चर्चित एवं जसपाका नीडर नेता राजकुमार दासले एक पिस कागती, २ वटा प्याज, अढाई चम्चा हल्दी, २२ गोटा लसुन, मरिच र काला नुन आदी तातो पानीमा हालेर त्यसलाई दैनिक तिन चोटी सेवन गरी कोरोना जितेको बताएका हुन । यति मात्रै नभएर उनले दैनिक स्याउ, अनार लगाएतका फलफुल खानुका साथै अण्डा, भिटामिन सी, तातो चेमन प्रास र दैनिक ८ देखी १० पटक तातो पानी खादै थिए ।

त्यस्तै उनले कोरोना जित्न दैनिक रुपमा रामदेव बाबाको तिनचोटी व्याम, योगा, शारीरीक व्याम र कसरतहरु पनि गर्दै आएका छन । यी खानेकुरा र शारीरीक कसरत, योगा र व्याम दैनिक गर्न सके भने कोरोनालाई सहजै जित्न सकिने उनी बताउँछन । कोरोना लाग्दैमा घृना नमानी, उच्च मनोवल र हिमत राखी यी खानेकुरा सेवन गर्न र शारीरीक कसरतमा ध्यान दिन उनले अरुलाई पनि सुझाव दिनुहुन्छ । कोरोना एउटा फलु मात्र भएकोले यसबाट नडराईकन दृढ भइ लडन उनको सुझाव छ । दासले अघि भने शुरु शुरुमा पोजेटिभ आउँदा त्यतिबेला मलाई एकदमै डर लाग्यो। विश्वभर महामारीको रुपमा फैलिएको भनेर सुनिराखेकोले गर्दा होला दुई चार दिन त तनावमै कट्यो दिनहरु । मनमा नकारात्मक विचार मात्र खेल्दो रहेछ । तर पछि डाक्टरहरुले सरसफाईमा ध्यान दिनुपर्छ, धेरै चिन्ता गर्नु हुँदैन भनेर सकारात्मक सन्देशहरु दिनुहुन्थ्यो र पछि विस्तारै आफैले पनि बुझ्न थालेँ। कोरोना मुक्त भएका नेता दाससँग पत्रकार ओम प्रकाश यादवले गरेको कुराकानीको केही अंश ।

१. विश्वभर महामारीका रूपमा फैलिएको कोरोनालाई पराजित गर्नुभएको छ, कस्तो लागिरहेको छ ? कोरोना लाग्दा जोकोहिलाई पनि चिन्ता नहुने त कुरै भएन, कहिलेकाहीँ चिन्ता हुन्थ्यो । त्यसबाहेक मलाई म ठीक हुन्छु भन्ने विश्वास थियो । मैले हिम्मत कहिल्यै हारिन, जहिले पनि ठीक हुन्छु भन्ने सोचेर बस्थेँ । अन्तिममा सबै डाक्टर, नर्सहरूको रेखदेखले म ठीक भएँ । सबैलाई सताइरहेको यो रोगलाई जित्न सकेकोमा निकै खुशी छु ।

२. तपाईँ घरपरिवार र डाक्टहरुबाट व्यवहार कस्तो पाउनुभयो ? मैले खूबै राम्रो व्यवहार पाएँ अस्पतालका डाक्टर तथा नर्सहरूबाट । उहाँहरू सरसफाइमा ध्यान दिनुपर्छ भनेर सिकाउनुहुन्थ्यो । आमा बुबा, छोरा, छोरीले पनि धेरै चिन्ता नगर्नुस्, तपाईँ सञ्चो भइहाल्नुहुन्छ भनेर हिम्मत बढाउने काम गर्नुहुन्थ्यो । मैले समग्रमा कोरोना संक्रमित हुँदा घरपरिवार र मेरो सधै स्वास्थ्यलाई लिएर अपडेटमा रहनु भएका डाक्टहरुले आफूप्रति गरेको व्यवहार धेरै राम्रो पाएँ । घरपरिवार, डाक्टर तथा नर्सहरूलाई धेरै धेरै धन्यवाद मेरो तर्फबाट ।

३. शुरुमा कोरोना लाग्यो भनेर थाहा पाउँदा कस्तो लागेको थियो, म ठीक हुन्छु जस्तो लागेको थियो ? म कोरोना जाँच गराउने वितिकै आफनै घरमा आइसोलेट भए । शुरुमा म धेरै डराएको थिएँ तर पछि लाग्यो, काल नआईकन कसरी मरिएला र ? त्यसैले हिम्मत बढाएर बसेँ र कोरोनालाई जित्न सफल भए ।

४. तपाईँलाई कोरोना ठीक भयो भनेर डाक्टरले भन्दा कस्तो लाग्योे ? ओहो, कुरै नगर्नुस्, कत्ति खुशीँ थिएँ भन्ने कुरा म भन्नै सक्दिन । मलाई यो रोग ठीक भयो भन्ने सुन्दाका बखत आफ्ना घरपरिवार, आफन्त तथा देवीदेउतालाई सम्झिएँ । माथितिर हेरेर बेस्सरी चिच्याएँ, सोच्नुस् त्यति खुशी मैले जीवनमा कहिल्यै पाएको छु । मैले आफूलाई आफ्ना सारा दुश्मन हराएर आएको सैनिक जस्तो सोचिरहेको छु । ५. यो रोगलाई कसरी हराउन सकिँदो रहेछ नि ? यो रोगलाई मैले त मेरो आफ्नो हिम्मतले हराएको हुँ । सबैभन्दा महत्वपूर्ण कुरा हिम्मत हो । यो रोगलाई मैले आफनो साथी, इष्टमित्र र अग्रजहरुको शुभ आर्शिवादलाई आत्मसात गर्दै आफनो हिम्मतले हराएको हु, सरसफाइमा ध्यान दिएर पनि हराउन सकिन्छ भन्ने मलाई लाग्छ । हिम्मत गरेर म त यो कोरोना हराएँ, हिम्मत गरेपछि अरूले हराउन नसक्ने कुरै छैन नि । म भन्छु, हिम्मत गर्नुस्, कोरोना जितिन्छ, म त सहजै जितेँ

६. नेपालमा पनि कोरोना संक्रमितको संख्या दिनदिनै बढिरहेको छ, के भन्न चाहनुहुन्छ सबैभन्दा पहिला त आफूमा बाँच्ने दृढ इच्छाशक्ति र उच्च मनोबल हुनुपर्छ। आफूमा हिम्मत भयो भने जस्तोसुकै रोग पनि पराजय गर्न सकिँदो रहेछ। मुख्य कुरा त खानपिन, शारीरीक व्याम र सरसफाईमा पनि ध्यान दिनुहोस् भन्न चाहन्छु ।

७. कोरोना पोजेटिभ भएपछि समाजहरुको तपाईप्रति हेर्ने दृष्टिकोण कस्तो थियो । विश्व कोरोना बाट अक्रान्त बनेको अवस्थामा गाउँ समाजले कोरोना लागेको व्यक्ति र परिवारलाई घृनाको नजरले हेरिरहेको बेला हाम्रा केहि अग्रज साथीहरु फेसबुक, टवीटर, मैसेन्जर, फोन आदिबाट निरन्तर हौसला बुलन्द गर्न सुझाव दिनुहुनथ्यो, उहाँहरुप्रति सर्वप्रथम म हार्दिक आभार प्रकट गर्दछु, उहाँहरुको सहयोग र सदभावले गर्दा मानवता जिउँदै हुने अनुभुति म लगाएत मेरो परिवार र समाजका बौद्धिक व्यक्तिले महसुस गरिरहेको छ । हाम्रा समाजमा अझै पनि केहि असंबेदनशील मनस्थिती भएको राजनैतिक, जातीय, धार्मिक भेदभावको भावनाबाट ग्रसित भएका केहि मानसिक रोगीहरु छन त्यसको समाजवाट सधैका लागि विलय होस भन्ने पशुपतीनाथसँग कामना गर्दछु,

८. कोरोना लागेका व्यक्तिलाई गाउँ समाजले कस्तो दृष्टिकोणले हेरिदिनुपर्छ । कोरोना भाइरस जोकोहिलाई पनि लाग्न सक्छ त्यसैले कसैलाई कोरोना लाग्यो भने घृणा नगरी उच्च मनोवल र हौसला बुलन्द राख्न प्रेरीत गर्नुपर्छ, कोरोना जित्न सबभन्दा बढी हिम्मत चाहिन्छ त्यसैले सबैले संक्रमितको हिम्मत बढाउने काम गर्नुपर्छ तव गएर कोरोना जित्न सहज हुन्छ भन्ने कुरा म भन्न चाहन्छु ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *