Loading...
रौतहटमा एकै दिन कोरोना जितेर १० जना घर फर्किए ।

 

ओम प्रकाश यादव

भदौ ५ गते, रौतहट ।

कोरोना भाइरस जितेर रौतहटमा शुक्रवार एकै दिन १० जना घर फर्केका छन् ।

जिल्लाको कटहरिया बहुमुखी क्याम्पस कटहरियाको आइसोलेसनमा उपचार गराइरहेका १० जना कोरोना जितेर घर फर्किएको नगरपालिकाका स्वास्थ्य संयोजक अमरिश भगतले जानकारी दिनुभएको छ ।

शुक्रवार विहान १० बजे कोरोना जितेर फर्किएका सबैजना कटहरिया नगरपालिकाकै रहेको संयोजक भगतले बताउनुभयो ।

११ दिनको आइसोलेशन बसाईपछि उनिहरु कोरोना मुक्त भएर घर फर्केको हो ।

उनीहरू सबैको पीसीआर रिपोर्ट नेगेटिभ आएपछि टीका र माला लगाएर घर पठाइएको छ ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *