Loading...
भारतमा एकैदिन १० लाख भन्दा धेरैको कोरोना परीक्षण

भदौ ६, २०७७ शनिबार – कोरोना सङ्क्रमण बढ्दै गएपछि भारतले परीक्षण दर बढाएको छ ।

त्यहाँको स्वास्थ्य मन्त्रालयका अनुसार एक दिनमा १० लाख भन्दा धेरैको परीक्षण गर्ने क्षमता बढाएको छ । गएको २४ घण्टामा भारतमा १० लाख भन्दा धेरैको नमूना सङ्कलन भएको भारतको स्वास्थ्य मन्त्रालयको दाबी छ ।

गएको २४ घण्टामा भारतमा झण्डै ७० हजार जनालाई सङ्क्रमण भएको छ । यस बीचमा १० लाख २३ हजार ८ सय ३६ जनाको कोरोना परीक्षण गरेको भारतीय स्वास्थ्य मन्त्रालयले जनाएको छ । भारतमा गएको २४ घण्टामा ९ सय ४७ जनाको ज्यान गएको छ । यस्तै भारतमा अहिलेसम्म २९ लाख ७९ हजार भन्दा धेरै सङक्रमित भएका छन् भने ५५ हजार ९ सय भन्दा धेरैको ज्यान गएको छ ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *