Loading...
रौतहटमा छुट्टाछुट्टै घटनामा २ को मृत्यु, बागमती नदिमा डुबेर २ बालिका बेपता ।

ओम प्रकाश यादव रौतहट, भदौ ७ गते । रौतहतको विभिन्न ठाउँमा भएको छुट्टाछुट्टै घटनामा २ जनाको मृत्यु भएको छ ।

नुहाउँने क्रममा बागमति नदीमा एक बालिका र पोखरीमा एक बालक गरी २ जनाको डुबेर मृत्यु भएको रौतहट प्रहरीले जनाएको छ ।
जिल्लाको पुर्वीभेग स्थित बाग्मती नदीमा नुहाउन जाँदा बेपत्ता भएका ३ बालिकामध्ये १ जना मृत अवस्थामा फेला परेकी छिन् ।

ऋषिपञ्चमीको अवसरमा आइतवार बिहान १० बजे रौतहटको गढिमाई नगरपालिका–७ धर्मपुरघाट स्थित बागमती नदीमा नुहाउन जाँदा डुबेर बेपत्ता भएकी ३ जना बालिका मध्ये धर्मपुर टोल बस्ने भदै मुखियाकी १० वर्षीया छोरी पिंकु कुमारी मुखियाको शव फेला परेको प्रहरीले जनाएको छ ।
घटना लग्तै प्रहरीको व्यापक खोजतलासपछि डुबेको स्थानबाट करिब २५ मिटर दक्षिणमा पिंकुको शव फेला परेको इलाका प्रहरी कार्यालय गरुडाका प्रहरी नायव उपरीक्षक ज्ञान कुमार महतोले जानकारी दिनुभएको छ ।

पिंकु कुमारीसँगै बेपत्ता भएकी स्थानीय लक्ष्मण दासकी १२ वर्षीया छोरी सुसिताकुमारी दास र सोही ठाउँ बस्ने छट्टु मुखियाकी १० वर्षीया छोरी चन्चलकुमारी मुखियाको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रमुख प्रहरी उपरीक्षक रविराज खड्काले बताउनुभएको छ ।
घटनास्थलमा ईलाका प्रहरी कार्यालय समनपुरका सहायक प्रहरी निरीक्षक क्षेत्रबहादुर बरुवालको कमान्डमा ५ जना र सशस्त्र बेश क्याम्प समनपुरबाट ५ जनागरी १० जनाको टोलीले बेपता भएकी दुवै बालिकाको खोजी गरिरहेको प्रहरी उपरीक्षक खडकाले बताउनुभयो ।

बागमती नदीमा पानीको सतह बढेको र खोजी कार्य जारी रहेको बताइएको छ । ऋषिपञ्चमीमा सप्तऋषिको पुजा गर्न आइतवार बिहानै प्रत्येक घरका महिलाहरू गाउँ नजिकको नदी, खोला, तलाउ, पोखरी तथा जलाशयमा गएर नुहाईधुवाई गर्ने चलन तराई मधेसमा रहि आएको छ ।
ऋषिपञ्चमीका दिन रौतहटमा नदीमा नुहाउँने क्रममा प्रत्येक वर्ष यस्ताघटनाहरु घटदै आएको छ ।
यसैविच आइतवार नै रौतहटको एक पोखरीमा डुबेर एक जना बालकको पनि मृत्यु भएको छ ।

जिल्लाको गरुडा नगरपालिका वडा नं ६ पोठियाही स्थित पोखरीमा डुबेर स्थानीय मेराजुल दर्जीका ११ वर्षिय छोरा हसमुदिन दर्जीको मृत्यु भएको प्रहरीले जनाएको छ ।
आइतवार दिउँसो २ बजे पोखरीमा नुहाउन जाँदा बालक दर्जीको डुबेर मृत्यु भएको इलाका प्रहरी कार्यालय गरुडाले जनाएको छ ।

बालकको लाश पोष्टमार्टमका लागि जिल्ला अस्पताल गौर पठाइएको र घटनाको सम्बन्धमा अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय गरुडाका प्रहरी नायव उपरीक्षक ज्ञान कुमार महतोले बताउनुभयो ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *