Loading...
पुजारीको हत्यारा अझै पता लागेन, दोषीलाई कार्यवाहीको दायरामा ल्याएरै छाडने रौतहट प्रहरीको दावी ।

ओम प्रकाश यादव रौतहट, भदौ ९ गते । एकसाता अघि रौतहटमा भएको पुजारी हत्याकाण्को दोषी अझै पता लाग्न सकेको छैन ।
जिल्लाको माधवनारायण नगरपालिका वडा नं २ खेसरहियास्थित हनुमान मन्दिरका ६५ वर्षिय पुजारी श्रीराम साहको हत्या भएको एक हप्ता भइसकेको छ तरपनि प्रहरीले अझै हत्यामा संलग्नलाई पक्राउ गर्न सकेको छैन ।
गएको यही भदौ ३ गते राति सबा ९ बजे खाना खाइरहेका पुजारी साहलाई अज्ञात व्यक्तिले कन्चटमा गोली हानेर निर्ममतापुर्वक हत्या गरेको थियो । गोली लागेर उनको घटनास्थलमै मृत्यु भएको थियो ।
यता रौतहट प्रहरीले पुजारी हत्याकाण्डको विषयमा गम्भिरतापुर्वक छानविन भइरहेको जनाएको छ ।
रौतहटका प्रहरी उपरीक्षक रविराज खडकाले घटनामा संलग्न व्यक्तिको पहिचान गर्न अनुसन्धान कार्यलाई तिव्र बनाइएको बताउनुभएको छ ।
पुजारी हत्याकाण्डको विषयमा अनुसन्धान गर्न प्रदेश २ को प्रहरी टोलीसमेत खटेकोले अब चाडै दोषी पता लाग्ने प्रहरी उपरीक्षक खडकाले बताउनुभयो ।
प्रहरीको विभिन्न टिमले दोषी पत्ता लगाउन यतिखेर दिनरात खटिरहेको र घटनाको विविध पक्षबारे गहन अनुसन्धान गरिरहेकाले दोषी अब चाडै पक्राउ पर्ने आश्वासन प्रहरी उपरीक्षक खडकाले दिनुभएको छ ।
सन्त जस्तो व्यक्तिलाई गोली हानी निर्ममतापुर्वक हत्या गर्ने हत्यारा कुनै पनि हालतमा उम्कीन नपाउने र दुलो भित्र पसे पनि पक्राउ गरेरै छाडने प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले बताउनुभएको छ ।
घटनाको अनुसन्धानमा प्रहरी सहित तालिम प्राप्त कुकुरलाई समेत परिचालन गरिएकोले केहि ढिलो भएपनि अपराधीलाई कार्यवाहीको दायरामा ल्याएरै छाडने प्रमुख जिल्ला अधिकारी यादवले प्रतिवद्धता जनाउनुभयो ।
आफ्नै खर्चले आफनै जग्गामा हनुमान मन्दिर स्थापना गरेर पूजापाठ गर्दै आएका साहको हत्यापछि विभिन्न संघ संस्था तथा व्यक्तिहरुले घटनाको निष्पक्ष र गहन छानबिन गरी दोषीलाई कडा भन्दा कडा कारबाही गर्नुपर्ने माग गरिरहेका छन् ।
प्रदेश २ का कृषि राज्य मन्त्री योगेन्द्र यादवले घटनाको दोषीलाई अविलम्ब पहिचान गरी कडा भन्दा कडा कार्यवाही गर्न प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवलाई निर्देशन समेत दिसक्नुभएको छ । मन्त्री यादवले पुजारी साहको हत्यारा जोकोहि भएपनि हदैसम्मको कार्यवाही गर्न सिडियो यादवलाई केहिदिन अघि मात्रै निर्देशन दिनुभएको हो ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *