
भदौ ११ गत, काठमाडौं ।
समाजवादी युवा संघका रौतहट जिल्ला अध्यक्ष कौशरखान मिथिलाको नेतृत्वमा गएको एक टोलीले विजय यादव निर्विजलाई कार्यवाही गर्ने माग सहित प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवलाई आज ज्ञापनपत्र बुझाएका छन ।
सांसद प्रभु साहका स्वकीय सचिव भन्ने विजय यादव निर्विजले माधवनारयण नगरपालिका २ खेसरहिया स्थित हनुमान मन्दिरका पुजारी श्रीराम साहको भएको हत्यामा जनता समाजवादी पार्टीको नेताहरुको संलग्नता रहेको भनी आफना फेसबुक स्टाटस मार्फत आरोप लगाएकोले उनलाई अविलम्ब नियन्त्रणमा लिइ घटना बारे सोधपुछ गर्ने माग सहित समाजवादी युवा संघका अध्यक्ष मिथिला सहितका नेताहरुले आज प्रमुख जिल्ला अधिकारी यादवलाई ज्ञापनपत्र बुझाएका हुन ।
केहि दिन अघि मात्रै मन्दिरका पुजारी श्रीराम साहलाई अज्ञात व्यक्तिको समुह गोली हानी हत्या गरेको घटनाको रौतहट प्रहरीले अनुसन्धान जारी राखेकै अवस्थामा विजय यादव निर्विजले यस हत्या काण्डमा फोरम पार्टि अर्थात हालका जनता समाजवादी पार्टीको संलग्नता रहेको भनी आफना फेसबुकमा लेखेको स्टाटस प्रति आफना पार्टीको गम्भीर ध्यानाकर्षण भएको ज्ञापनपत्रमा उल्लेख गरिएको छ ।
राजनितिक रिसीवीका कारण रिसीवी साध्न निर्विजले यस हत्या काण्डमा जसपाका नेतालाई फसाउने नियतले यस्तो पोष्ट लेखेको बताइएको छ ।
पुजारी हत्या काण्डको अनुसन्धान कार्य जारी नै रहेको, अनुसन्धानको अन्तिम परिणाम अझै आउन नसकेको र प्रहरीले समेत यस विषयमा अझै केहि बोल्न नसकेको अवस्थामा विजय यादवले विना प्रमाण यस हत्या काण्डमा जसपाको ठुलो नेताको हात वा संलग्नता हुन सक्ने भन्दै यस्ता तथ्यहिन झुठा एवं भ्रामक कुरा समाजिक सञ्जालमा लेखेर सिंगो जनता समाजवादी पार्टीलाई नै बदनाम गर्न खोजेको र यस घटनाको भन्दै उनिहरुले तत्काल विजय यादवलाई हिरास्तमा लिन र यस घटनाको सन्दर्भमा पुछतास गर्न माग गरेका हुन ।
कुनै पनि घटनाको दोषी कोहो भन्ने कुरा प्रहरी अनुसन्धानबाट मात्रै बताउने गर्छ तर कुनै व्यक्ति विशेषले फलानो पार्टी अथवा व्यक्तिको नै संलग्नता रहेको कुरा खुल्न आएको जस्ता कुरा गर्नु त्यो घटनाको सन्दर्भमा उसलाई थाहा हुनु हो त्यसैले पुजारी हत्याकाण्डका विषयमा विजय यादवको पोष्ट हेर्दा उसलाई यस घटनाको सन्दर्भमा पुरै जानकारी रहेको बुझिएकोले निर्विजलाई नै नियन्त्रणमा लिएर यस हत्या काण्डको बारेमा सोधपुछ गरी उसैबाट नाम खुलाउन उनिहरुले जोडदार माग गरेका छन ।
कपोकल्पित, भ्रामक, झुठा एवं आधारहीन कुरा लेखी जनतामा भ्रम फैलाउने र जसपालाई बदनाम गराउने विजय यादवलाई तुरुन्त नियन्त्रणमा लिएर कार्यवाही गरिएन भन्ने हाम्रो पार्टी कडा आन्दोलनमा जाने उनिहरु चेतावनी पनि दिएका छन ।
अन्त्यमा घटनाको निष्पक्ष र गहन छानविन हुनुपर्ने, दोषीको तत्काल पहिचान हुनुपर्ने र दोषी जोसुकै जुन पार्टीको भएपनि कडा भन्दा कडा कार्यवाही गर्नको लागि माग गरेको समाजवादी युवा संघका जिल्ला अध्यक्ष मिथिला सहित युवा संघका जिल्ला सदस्य शेख खुरसैद आलम, प्रदेश सदस्यहरु लखिन्द्र प्रसाद यादव, दिनेश यादव, समाजवादीका युवा नेता अनिल यादव र समाजवादी विधार्थी संघका रौतहट अध्यक्ष ओम प्रकाश मधेशीयाद्धारा हस्ताक्षरित प्रेस विज्ञप्तीमा उल्लेख रहेको छ ।
Facebook Comments