Loading...
रौतहटमा मेयरबाट एक उपमेयर पिडित, न्याय माग्न गुजराकी उपप्रमुख खातुन पुगिन सिडियो कार्यालय ।

ओम प्रकाश यादव
भदौ ११ गते, रौतहट । रौतहटको गुजरा नगरपालिकाकी उपमेयर रौसन खातुनले न्यायको लागि जिल्ला प्रशासन कार्यालयको सहारा लिएकी छिन ।
उप प्रमुख खातुनले आफनै नगरपालिकाका मेयर सन्तलाल चौधरीबाट आफु अन्यायमा परेको भन्दै न्यायको लागि आज जिल्ला प्रशासन कार्यालय गौरमा पुगेर प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवसँग गुहार मागेकी छिन ।

मेयर चौधरीले पछिलो समय आफुलाई बाइपास गरी एकलौटी हिडन खोजेको भन्दै न्याय दिलाउन उपमेयर खातुनले प्रमुख जिल्ला अधिकारी यादवलाई आज लिखित रुपमा एक निवेदन पत्र बुझाएकी छिन ।

उपप्रमुख खातुनले विभिन्न ५ सुत्रिय माग राखेर सिडियो यादवलाई निवेदन बुझाएकी हुन ।

नगर उपप्रमुख रौशन खातुनले कोरोना तथा राहतको नाममा भएको खर्च, दुई आर्थिक वर्ष २०७५, ७६ मा भएका कुन शीर्षक र योजनामा कति खर्च भयो त्यसको विवरण, आर्थिक वर्ष २०७६, ७७ मा प्रदेश सरकारबाट प्राप्त अनुदानको खर्च, २०७५, ७६ एवं ७६, ७७ को राजस्वको आम्दानी र खर्चको विवरण तथा गाडी भाडामा भएको खर्चहरुको विवरण नगरपालिकाबाट आफुलाई उपलब्ध गराईदिन सिडियो यादवलाई आग्रह गरेकी हुन ।

मेयर चौधरी र हाकिमबाट यी शीर्षकहरुमा भएको खर्चहरुको विवरण पटक पटक माग गर्दा दिन नमानेकोले बाध्य भएर सिडियो कार्यालयमा निवेदन दिनु परेको गुजरा नगरपालिकाकी उपप्रमुख खातुनले बताएकी छिन ।

सिडियो कार्यालय पुगेकी खातुनले विकास निर्माणका काम अथवा कुनै पनि काम गर्दा मेयर चौधरीले आफुलाई कुनै वास्ता नगर्ने गरेको दुखेसो गरेकी हुन । मेयरले आफुले राज्यबाट पाएको अधिकार समेत खोसेको उपमेयर खातुनको भनाई छ ।
मेयरले आफूलाई कर्मचारीलाई जस्तैे व्यवहार गरेको समेत उनले बताइन् ।

उपमेयरले मेयरले काम गर्न नदिएकाले पाएको अधिकार प्रयोग हुन नसकेको, महिला भनेर नै हेप्ने गरेको र बाइपास गर्न खोजिएको गुनासो गरेका छन् ।

जनताले मेयर उपमेयर दुवैलाई मत दिएर जिताए पनि मेयरले विकासको काममा आफुलाइ पछाडी पारेको उनले गुनासो गरिन ्।
मेयरले आफुलाई महिला भएकाले भेदभाव गर्दै आएको आरोप पनि लगाइन ्। मेयरको मनोमानीकै कारण कर्मचारीले समेत आफुलाई टेर्न छाडेकोले बाध्य भएर जिल्ला प्रशासन कार्यालयसँग न्याय माग्नु परेको उनले बताईन ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *