Loading...
फतुवा विजयपुर नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा प्रमोद कुमार गुप्ता ।

ओम प्रकाश यादव
भदौ १२ गते, रौतहट । रौतहटको फतुवा विजयपुर नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी प्रमोद कुमार गुप्ताले सम्हालेका छन ।
गुप्ताले आज शुक्रवार देखी फतुवा विजयपुर नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतको कार्यभार सम्हालेका हुन ।
यसअघि रौतहटकै देवाही गोनाही नगरपालिकाको जिन्सी शाखामा कार्यरत गुप्तालाई फतुवा विजयपुर नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी दिइएको हो ।
यसअघि फतुवा विजयपुर नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत रहेका सुरेन्द्र प्रधानको केहि दिन अघि मात्रै जिल्लाको गौर नगरपालिकामा सरुवा भएको थियो ।
प्रधानको गौर नगरपालिकाको प्रशासकीय अधिकृतमा सरुवा भएपछि फतुवा विजयपुर नगरपालिकामा प्रशासकीय अधिकृतको पद रिक्त रहेको थियो ।
प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी सम्हालेका प्रमोद कुमार गुप्ताले आफु जन्ताको इच्छा र चाहना अनुसारको काम गर्ने प्रतिवद्धता जनाउनुभएको छ ।
फतुवा विजयपुर नगरपालिकालाई समृद्ध र विकसित नगरपालिका बनाउन आफु कुनै कसर बाँकी नराख्ने उहाँले बताउनुभयो ।
आफु कार्यभाल सम्हालेदेखी अब नगरसभा ढिलो नहुने र यस चालु आर्थिक वर्षको नगरसभा यहि असोज भित्रै गरिने प्रमुख प्रशासकीय अधिकृत गुप्ताले दावी गरेका हुन ।
यसअघि फतुवा विजयपुर नगरपालिकामा समयमा नगरसभा नहुने गरेको कारण विकास निर्माणका कामदेखी लिएर अन्य कामकाज समेत प्रभावित हुँदै आएको थियो तर आफु अधिकृतको कार्यभार सम्हालेपछि अब समयमै नगरसभा गरिने प्रतिवद्धता उनले जनाएका हुन ।
असोज भित्र हुने नगरसभाबाट नगरको मुहार फेर्ने गरी जनमुखी योजनाहरु पहिलो प्राथमिक्तामा राख्ने समेत उनले बताए ।

गुप्ताले नगरपालिकाको अधिकृतको जिम्मेवारी सम्हालेपछि वर्षौदेखी रहँदै आएको कर्मचारी, शिक्षकहरुको तलव लगाएतको समस्या समाधान हुने, हरेक काम पारदर्शी हुने, विकास निर्माणको काम गति लिने तथा समृद्ध एवं शुसासनयुक्त नगरको परिकल्पना साकार हुनेमा नगरवासी आशावादी रहेका छन ।

 

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *