
ओम प्रकाश यादव
भदौ १२ गते, रौतहट । रौतहटको माधवनारयण नगरपालिकामा आज १३ जना कोरोना संक्रमित थपिएका छन ।
सबभन्दा बढी माधवनारयण नगरपालिका ६ माधोपुरमा ११ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने वडा नं ४ विशुनपुर्वा मानपुर र वडा नं ३ सखुअवामा एक एक जना गरी १३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
केहि दिन अघि मात्रै नगरपालिकाका ५० जना भन्दा बढीको गरिएको पिसिआर टेष्टमा १३ जनाको कोरोना रिपोर्ट पोजेटिभ आएको नगरपालिकाका स्वास्थ्य सह संयोजक प्रमोद साहले जानकारी दिएका छन ।
संक्रमित सबैजनाको उपचारका लागि आजै धरहरी स्थित जय किसान पोली टेक्नीक इस्टिच्युटमा निर्माण गरिएको आइसोलेसनमा पठाइने स्वास्थ्य सह संयोजक साहले बताए ।
Facebook Comments