Loading...
विजयलाई निर्घात कुटपिट गर्ने प्रहरीलाई हदैसम्मको कार्यवाही गर्न राज्य मन्त्री यादवको माग ।

ओम प्रकाश यादव
भदौ १४ गते, रौतहट ।
प्रदेश सांसद एवं प्रदेश २ का भूमि व्यवस्था कृषि तथा सहकारी राज्य मन्त्री योगेन्द्र यादवले रौतहट प्रहरीको हिरास्तमा मृत्यु भएका गरुडा नगरपालिका ८ जिंगडियाका विजय राम चमारको परिवारसँग आज भेटघाट गरेका छन ।
कर्तव्य ज्यान मुद्धामा पक्राउ परेका रामको केहि दिन अघि मात्रै उपचारको क्रममा विरगंज स्थित नेशनल मेडिकल कलेजमा मृत्यु भएको थियो ।
जिंगडियाकै २० वर्षिय निरन्जन राम चमारको घाटी रेटी विभत्स तरिकाले हत्या गरेको आरोपमा इलाका प्रहरी कार्यालय गरुडाले अनुसन्धानका लागि विजय राम चमारलाई नियन्त्रणमा लिएको थियो ।
हिरास्तमा रहेका रामलाई प्रहरीले निर्घात कुटपिट गरेका कारण उनको मृत्यु भएको पिडित परिवारको भनाई छ ।
घटनामा संलग्न इलाका प्रहरी कार्यालय गरुडाका डिएस्पी ज्ञान कुमार महतो सहितका व्यक्तिलाई निलम्वन गरी कडा कार्यवाही गर्ने माग सहित मृत्क रामका आफन्त तथा स्थानीयवासीहरुले गरुडामा पटक पटक नारा जुलुस सहित प्रदर्शन गर्दै आएका छन ।
कृषि राज्य मन्त्री यादवले आज मृत्क विजय राम चमारको घरमै पुगेर उनको परिवारसँग भेटघाट गरेका छन ।
भेटघाटको क्रममा राज्य मन्त्री यादवले घटनाको छानविन गरी विजय रामलाई मृत्यु हुने गरी कुटपिट गर्ने प्रहरीलाई हदैसम्मको कार्यवाही गर्न प्रशासनसँग माग गरेका छन ।
रौतहटबाट प्रदेश सांसदमा निर्वाचित समेत रहेका कृषि राज्य मन्त्री यादवले पिडितलाई उचित क्षतिपुर्ति दिन र घटनामा संलग्न प्रहरीलाई निलम्वन गरी कडा कार्यवाही गर्न प्रदेश सरकारसँग जोडदार माग गरेका हुन ।
राज्य मन्त्री यादवले आफु जसरी पनि न्याय दिलाएरै छाडने रामको परिवारलाई आश्वासन दिनुभएको छ ।
त्यस्तै निरन्जन राम चमारको हत्यारालाई समेत कानुनी कठघारामा ल्याउन समेत उनले माग गरेका हुन ।
रामको घाटी रेटी हत्या गर्ने जस्ता जघन्य अपराधमा संलग्न दोषीलाई कार्यवाही गर्न र निर्दोशलाई छाडन राज्य मन्त्री यादवले माग गरेका हुन ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *