Loading...
विजय राम महराका परिवारलाई ५ लाख दिने प्रदेश २ सरकारको घोष्णा ।

ओम प्रकाश यादव
भदौ १४ गते, रौतहट । प्रहरीको कुटपिटबाट मृत्यु भएका रौतहटका विजय राम महराका परिवारलाई प्रदेश २ सरकारले ५ लाख रुपैया क्षतिपुर्ती दिने घोष्णा गरेको छ ।
प्रदेश २ सरकारका आन्तरिक मामिला तथा कानून मन्त्री ज्ञानेन्द्र कुमार यादबले आज आईतवार सूचना जारी गरेर मृतक रामका परिवारलाई ५ लाख प्रदेश सरकारको तर्फबाट सहयोग गर्ने जानकारी दिएका हुन् ।
मन्त्री यादबले घटनामा संलग्न प्रहरीलाई कार्यवाहीको दायरामा ल्यायरै छाडने दावी गरेका छन ।
उनले रामको मृत्यूप्रति गहिरो सम्वेदना समेत व्यक्त गरेका छन् ।
प्रहरी हिरास्तमा रहेका बोला प्रहरीले गरेको निर्घात कुटपिटबाट गम्भिर घाइते भएका रामको भदौं ११ गते उपचारको क्रममा नेशनल मेडिकल कलेज वीरगन्जमा मृत्यु भएको थियो ।
जिल्लाको गरुडा नगरपालिका ८ जिंगडियाका २० वर्षिय निरन्जन राम चमारको गत साउन ३१ गते राति घाटी रेटी विभत्स तरिकाले हत्या गरेको आरोपमा इलाका प्रहरी कार्यालय गरुडाले अनुसन्धानका लागि विजय राम चमार सहित ७ जनालाई नियन्त्रणमा लिएको थियो ।
७ जना मध्ये विजय रामलाई प्रहरीले हिरासतमै अपराध स्वीकार्न करेन्ट लगाएको र प्लाष्टिक तथा फलामको पाइपले समेत निर्घात कुटपिट गर्दा राम गम्भिर घाइते भएपछि अस्पताल भर्ना गरिएको थियो तर प्रहरीले गरेको कुटपिट सहन गर्न नसकी रामको अस्पतालमै मृत्यु भएको थियो ।
घटनापछि दोषी प्रहरीलाई कार्यवाही हुनुपर्ने माग सहित दलित समुदाय आन्दोलित बनेका छन् ।
यातना दिने प्रहरीमाथि कडा कारबाही गर्न दलितहरु पटक पटक प्रदर्शन गरेका छन् ।
आन्दोलन उग्र रुप लिन थालेपछि गरुडाका डिएसपी ज्ञानकुमार महतोलाई प्रदेशमा तानिएको छ ।
डिएस्पी महतोलाई प्रदेशमा तानेर घटनाको अनुसन्धान भइरहेको छ ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *