Loading...
मृत्क निरञ्जन र विजयको परिवारलाई गरुडा नगरपालिकाको एक एक लाख सहयोग ।

ओम प्रकाश यादव
भदौ १४ गते, रौतहट ।
रौतहटमा गत साउन ३१ गते राति घाँटी रेटी हत्या गरिएका निरञ्जन राम र अनुसन्धानको क्रममा प्रहरी हिरासतमा मृत्यु भएका विजय राम चमारको परिवारलाई गरुडा नगरपालिकाले आज एक एक लाख रुपैयाँ आर्थिक सहयोग गरेको छ ।
गरुडा नगरपालिकाका मेयर इनु राय यादव र उपमेयर रंगीला देवी जैसवालले पीडित दुबैजनाका परिवारहरुलाई नगरपालिकाको तर्फबाट क्षतिपूर्ति स्वरूप एक एक लाखको चेक हस्तान्तरण गरेका छन् ।
मेयर यादव र उपमेयर जयसवालले आज निरन्जन र विजय महराको परिवारसँग भेटघाट गरी सो चेक हस्तान्त्रण गरेका हुन ।
सो क्रममा प्रदेश २ का कृषि राज्य मन्त्री योगेन्द्र यादव, रौतहटका प्रमुख जिल्ला अधिकारी इन्द्र देव यादव, जनता समाजवादी पार्टीका रौतहट जिल्ला इन्चार्ज वृज किशोर यादव, सजपाका प्रभावशाली युवा नेता राजकुमार दास, अनिल यादव, रामप्रवेस दास लगाएतका नेताहरुको उपस्थिती रहेको थियो ।
निरञ्जन रामको हत्या आरोपमा पक्राऊ परेका विजय रामको प्रहरी हिरासतमै केहि दिन अघि मृत्यु भएको थियो ।
हिरास्तमा प्रहरीको चरम यातनाबाट रामको मृत्यु भएको भन्दै यतिखेर गरुडामा दिनहुजसो विरोध प्रदर्शन भइरहेको छ ।
रामलाई चरम यातना दिएर मार्ने प्रहरीहरुलाई हदैसम्मको कार्यवाही गर्ने माग सहित गरुडामा दलित समुदाय लगातार प्रदर्शन गरिरहेका छन ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *