Loading...
रौतहटमा फेरी एक दलित महिलाको हत्या ।

ओम प्रकाश यादव
भदौ १४ गते, रौतहट । रौतहटमा दुई दलित र एक पुजारीको हत्या भएको घटना सेलाउन नपाँउदै फेरी एक दलित महिलाको हत्या भएको छ ।
जिल्लाको गढिमाई नगरपालिका ३ लक्ष्मीपुरका सकल बैठाको ४० वर्षिया श्रीमति मिन्त्री देवीको आज हत्या भएको छ ।
आज साँझ करिव ६ बजेको समयमा हत्या गरि गाउँकै उखु बारीमा फालिएको अवस्थामा मिन्त्री देवीको शव फेला परेको हो ।
अज्ञात समुहले कुटपिट गरि सलले घाँटी बेरेर मारेको अवस्थामा उनको लास फेला परेको प्रहरीले जनाएको छ ।
विहान १० बजे घरबाट घास काटन भनी निस्केकी मिन्त्री देवी साँझ अबेरसम्म पनि घर नफर्केपछि खोजतलास गर्दै जाँदा मुसरीया गाउँको विच उखु बारीमा कसैले ज्यान मारी फालेको अवस्थामा उनको शव बरामद भएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।
घटनाको प्रकृति हेर्दा कसैले बलात्कार गरी उनको सलले घाटी कसेर हत्या गरेको आशंका छ ।
घटनाको अनुसन्धान पछि मात्रै केहि भन्न सकिने प्रहरीले जनाएको छ । घटना बारे अनुसन्धान भइरहेको प्रहरी उपरीक्षक रविराज खडकाले बताउनुभयो ।
केही दिन यता रौतहटमा शृंखलाबद्ध रुपमा हत्या हिंसा भईरहेको छ । गएको दुइ साता भित्रमा रौतहटमा भएको चार वटा घटनामा चार जनाको मृत्यु भएको छ ।
साउनको अन्तिम साता माधवनारायण नगरपालिका २ खेसरहीयाका हनुमा मन्दिरका पुजारी श्रीराम साहको अज्ञात व्यक्तिले गोली हानी हत्या गरेको थियो । साहको हत्या भएको एकसाता नबित्दै साउन ३१ गते राति गरुडा नगरपालिका ८ जिंगडियाका २० वर्षिय युवक निरन्जन रामको धारिलो हतियारबाट घाटी रेटी हत्या गरियोे । रामको हत्याको आरोपमा पत्राउ परेका स्थानीय विजय राम महराको प्रहरी हिरास्तमै प्रहरीको कुटाइबाट केहि दिन अघि मात्रै मृत्यु भयो । त्यस्तै आज पनि गढिमाई नगरपालिका ३ लक्ष्मीपुरमा एक दलित महिलालाई हत्या गरी उखु बारीमा फालिएको अवस्थामा शव फेला परेको हो ।
जिल्लामा यसरी एकपछि अर्को घटना हुँदै जाँदा समग्र जिल्लावासी नै त्रसित बनेका छन भने प्रहरी प्रशासनलाई समेत सुरक्षा चुनौति थपिएको छ ।
लगातार भइरहेको यस्ता हत्या शृंखलाले रौतहटको शान्ति सुरक्षा माथी गम्भिर प्रश्न खड़ा मात्र गरेको छैन सिंगÞै सरकारको सुशासित भुमिका माथी नै प्रश्न उठन समेत थालेको छ ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *