
ओम प्रकाश यादव भदौ १५ गते, रौतहट
प्रदेश सांसद एवं प्रदेश २ का भूमि व्यवस्था कृषि तथा सहकारी राज्य मन्त्री योगेन्द्र यादव र एक मेयरले पुजारीको हत्या भएको ठाउँ रौतहटमा हनुमान मन्दिर र शालिक निर्माण गर्ने घोषणा गरेका छन् ।
रौतहटबाट प्रदेश सांसदमा निर्वाचित कृषि राज्य मन्त्री योगेन्द्र यादव र माधवनारायण नगरपालिकाका मेयर विरेन्द्र यादवले दुवै जना संयुक्त रूपमै पुजारीको गोली हानी हत्या गरिएको ठाउँ माधवनारायण नगरपालिका २ खेसरहि यामा हनुमान मन्दिर र शालिक निर्माण गर्ने घोषणा गरेका हुन ।
केहीदिन अघि मात्रै खाना खाइरहेको समयमा खेसारहिय स्थित हनुमान मन्दिरका ६५ वर्षीय पुजारी श्रीराम साहको अज्ञात व्यक्तिले कन्चटमा गोली हानी विभत्स तरिकाले हत्या गरेका थिए ।
पुजारीको हत्या गरिएको ठाउँमा आज मेयर यादव सहित पुगेका कृषि राज्य मन्त्री योगेन्द्र यादवले पुजारीको समान स्वरूप उक्त ठाउँमा एक हनुमान मन्दिर र उनको शालिक निर्माण गर्ने घोषणा गरेका हुन् ।
जनता समाजवादी पार्टीका प्रभावशाली नेता तथा समाजवादी युवा संघका केन्द्रीय अध्यक्ष समेत रहेका कृषि राज्य मन्त्री योगेन्द्र यादवले पुजारीको हत्या भएको ठाँउलाई आफूले सौन्दर यिकरण तथा संरक्षण गर्ने समेत बताएका छन् । मन्त्री यादवले उक्त ठाँउलाई पर्यटकीय क्षेत्रको रुपमा विकास गर्न त्यहाँ भौतिक पूर्वाधार निर्माण का कार्य देखि लिएर सौन्दर्य यिकारण र संरक्षण गर्न प्रदेश सरकार संग विशेष पहल गर्ने समेत आश्वासन दिनुभएको छ ।
पुजारीको हत्या भएको ठाँउलाई विकसित बनाउन र पर्यटकीय स्थलको रूपमा बिकास गर्न आफू कुनै कसर बाँकी नराखिने मन्त्री योगेन्द्र यादवले प्रतिबद्धता जनाउनु भएको छ । मन्त्री यादव र मेयर विरेन्द्र यादवको यो एतिहासीक घोषणा पछि छिटै त्यहाँ अब हनुमान मन्दिर र शालिक निर्माणको काम अगाडि बढ्ने छ ।
Facebook Comments