Loading...
मुख्य मन्त्री राउतद्धारा पुजारी हत्या भएको ठाउँ रौतहटमा प्रहरी चौकी भवनको शिलान्यास ।

ओम प्रकाश यादव
भदौ १८ गते, रौतहट । प्रदेश २ का मुख्य मन्त्री लालबाबु राउतले आज रौतहट स्थित पुजारी हत्या भएको ठाउँमा प्रहरी चौकी भवनको शिलान्यास गरेका छन ।
मुख्य मन्त्री राउतले पुजारी हत्या भएको ठाउँ रौतहटको माधवनारायण नगरपालिका २ खेसरहियामा एकतल्ले प्रहरी चौकी भवनको शिलान्यास गरेका हुन ।
गत भदौ ३ गते राति खाना खाइरहेको समयमा खेसरहिया स्थित हनुमान मन्दिरका पुजारी श्रीराम साहलाई कन्चटमा गोली हानी हत्या गरिएको थियो ।
हनुमान मन्दिरका पुजारी साहको १३ औ पुण्य तिथिको अवसरमा हनुमान मन्दिर भन्दा एक सय मिटर उत्तर पोखरीको डिलमा उक्त प्रहरी चौकी भवनको शिलान्यास गरिएको छ ।
प्रदेश २ का मुख्य मन्त्री राउत र आन्तरिक मामिला तथा कानुन एवं गृह मन्त्री ज्ञानेन्द्र कुमार यादवले दुवै जना संयुक्त रुपमै उक्त प्रहरी चौकी भवनको शिलान्यास गरेका हुन ।
खेसरहियामा प्रहरी चौकी नभएकै कारण सन्त जस्तो व्यक्तिको निर्ममतापुर्वक गोली हानी हत्या भएको भन्दै मुख्य मन्त्री राउतले खेसरहिया सहित त्यस वरपरका क्षेत्रमा शान्ति सुरक्षा तथा अमनचयन कायम राख्न प्रहरी चौकी भवनको शिलान्यास गरेको बताएका छन ।
प्रहरी चौकी भवनमा लाग्ने सम्पुर्ण खर्च प्रदेश सरकार नै व्यहोर्ने मुख्य मन्त्री राउतले बताए ।
यसैविच मुख्य मन्त्री राउतले प्रहरी चौकीको शिलान्यास गरेकै ठाउँमा ठुलो क्षेत्रफलमा रहेको एक पोखरीको सौन्दर्यीकरण तथा संरक्षण गर्ने समेत प्रतिद्धता जनाएका हुन ।
खेसरहिया हनुमान मन्दिर भन्दा एक सय मिटर उत्तर तर्फ करिव ७ विघा क्षेत्रफलमा रहेको पोखरीको सौन्दर्यीकरण तथा संरक्षण प्रदेश सरकारको तर्फबाट गर्ने उद्धघोष गरेका हुन ।
यसअघि प्रदेश सांसद एवं कृषि राज्य मन्त्री योगेन्द्र यादवले पुजारीको हत्या भएको ठाउँमा हनुमान मन्दिर र पुजारीको शालीक निर्माण गर्ने घोष्णा केहिदिन अघि मात्रै गरिसकेका छन ।
प्रहरी चौकी शिलान्यासको अवसरमा कृषि राज्य मन्त्री योगेन्द्र यादव, रौतहटका प्रदेश सांसदहरु शेख फुलबाबु, किशोरी यादव, बाबुलाल साहका साथै रौतहटका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादव, प्रहरी उपरीक्षक रविराज खडका, विभिन्न नगरपालिकाका मेयर, जनता समाजवादी पार्टीका विभिन्न नेता, कार्यकर्ता लगाएतको उपस्थिती रहेको थियो ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *