Loading...
विजय रामको हत्यारा जुनसुकै दर्जाको प्रहरी भएपनि कडा कार्यवाही हुन्छ ः मुख्य मन्त्री राउत ।

ओम प्रकाश यादव
भदौ १८ गते, रौतहट । प्रदेश २ का मुख्य मन्त्री लालबाबु राउतले रौतहटको विजय रामको हत्यामा संलग्न प्रहरीलाई कडा कार्यवाही हुने बताएका छन ।
प्रहरी हिरास्तमा मृत्यु भएका विजय रामको परिवारसँग भेटन आज रौतहटका आएका मुख्य मन्त्री लालबाबु राउतले विजय रामको मृत्यु प्रकरणमा दोषी देखिने प्रहरीलाई कडा कार्यवाही गर्न प्रदेश सरकार लागेको बताएका छन ।
जिल्लाको गरुडा नगरपालिका ८ जिंगडियाका २० वर्षिय निरन्जन रामको हत्या आरोपमा सोही ठाउँका विजय राम सहित ७ जना पक्राउ परेको थियो । प्रहरी हिरास्तमा अपराध स्वीकार गर्न प्रहरीले निर्घात गरेको कुटपिट सहन गर्न नसकी विजय रामको उपचारको क्रममा विरगंजमा मृत्यु भएको थियो ।
रामलाई हिरास्तमा कुटपिट गरी मृत्युवरण गराउन बाध्य बनाउने दोषी प्रहरीलाई निलम्वन गरी कार्यवाही गर्न माग राखी पिडित परिवार र दलित समुदायका साथै अन्य समुदायले आन्दोलित भएपछि एक प्रहरी निरीक्षक सहित तिन जना प्रहरी निलम्वनमा परिसकेका छन ।
केहि दिन अघि मात्रै गरुडा प्रहरीको हिरास्तमा मृत्यु भएका रामको परिवारसँग भेटन मुख्य मन्त्री राउत सहित प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुनी मन्त्री ज्ञानेन्द्र कुमार यादव र भुमि व्यवस्था कृषि तथा सहकारी राज्य मन्त्री योगेन्द्र यादव सहितको टोली आज उनको घर गरुडा नगरपालिका ८ बसबिटि जिंगडिया पुगेका थिए ।
पिडित परिवारसँग भेटघाट गर्दै मुख्य मन्त्री राउतले प्रहरी हिरास्तमा विजय रामलाई कुटपिट गरी ज्यान लिने प्रहरीलाई कानुनी दायरामा ल्याउन प्रदेश सरकार तयार रहेको बताएका छन ।
रामको मृत्यु प्रकरणमा दोषी इन्स्पेक्टर, डिएस्पी र एस्पी जो सुकै भएपनि कडा कार्यवाही हुने उनले पिडित परिवारलाई विश्वास दिलाएका हुन ।
मुख्य मन्त्री राउतले यस घटनाको छानविन गर्नको लागि प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री ज्ञानेन्द्र यादवको संयोजकत्वमा ५ सदसीय उच्च स्तरीय छानविन समिति गठन भएको जानकारी दिएका हुन ।
गठित समितिले घटनाको अहिले गम्भीरताका साथ छानविन गरिरहेको र छानविन सकेपछि दोषी अवश्य पता लाग्ने उनले बताए ।
उच्च स्तरीय छानविन समितिले पता लगाउने दोषी जुनसुकै दर्जाको प्रहरी भएपनि हदैसम्म्को कार्यवाही गर्नका लागि आफु प्रदेशसभाको बैठकबाट सिफारिस गर्ने मुख्य मन्त्री राउतले बताउनुभयो ।
मुख्य मन्त्री राउतले रौतहटमा दलितमाथी एकपछि अर्को भएको यस्ता जघन्य अपराधको घटनाहरुले प्रदेश सरकारलाई दुखी बनाएको समेत बताए । सो क्रममा मुख्य मन्त्री राउतले हत्या भएको निरन्ज राम र प्रहरी हिरास्तमा मृत्यु भएका विजय रामको परिवारलाई राहत स्वरुप प्रदेश सरकारबाट आर्थिक सहयोग गर्ने समेत प्रतिबद्धता जनाएका हुन ।
मुख्य मन्त्री राउतले पुजारी श्रीराम साहको हत्यारा जुन संगठनको भएपनि कार्यवाही गरेरै छाडने बताए ।
राउतले अघि भने हत्याराको कुनै जात पात, धर्म र पार्टी हुँदैन त्यो एउटा गुण्डा हुन्छ, सन्त जस्तो व्यक्तिको हत्या गर्नेलाई यो यहाँ त के भगवानकहाँ गएपनि कल्याण हुँदैन ।
मुख्य मन्त्री सँगै आएका गृह मन्त्री ज्ञानेन्द्र यादवले पछिलो समय रौतहटमा अपराधिक घटनामा वृद्धि भएको भन्दै अपराधमा संलग्न अपराधीलाई कानुनी कार्यवाही गर्न प्रदेश सरकार गम्भिर रहेको बताएका छन ।
गृह मन्त्री यादवले रौतहटमा श्रृंखलावद्ध रुपमा हत्या गरिएको जिंगडियाका रिन्जन राम, खेसरहिया स्थित हनुमान मन्दिरका पुजारी श्रीराम साह, गढिमाई नगरपालिकाको गम्हरीयाकी एक दलित महिला लगाएतका हत्यारलाई जसरी पनि कानुनी कठघारामा उभ्यारै छाडिने बताएका हुन ।
यस श्रृंखलावद्ध घटनाका योजनाकार तथा दोषीहरु जस्को संरक्षण्मा गएपनि कुनै पनि शर्तमा उम्किन नपाउँने उनले बताए ।
रौतहटमा एक महिनायता भएका सम्पुर्ण घटनाहरुको गहन अनुसन्धान भइरहेको र प्रहरीले दोषीहरुलाई चाडै पता लगाई पक्राउ गर्नेमा आफु पुर्ण रुपमा विस्वस्त रहेको उनले बताए ।
निर्देशलाई कार्यवाहीको भागिदार नबनाउने र दोषी दुलो भित्र पसे पनि पक्राउ गरेर कार्यवाहीको दायरामा ल्यायरै छाडने गृह मन्त्री यादवले बताए ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *