
ओम प्रकाश यादव
भदौ १८ गते, रौतहट । रौतहट आएका प्रदेश २ का मुख्य मन्त्री लालबाबु राउत सहितको मन्त्रीलाई कालोझण्डा देखाउन पुगेका नेकपाका कार्यकर्ताहरु लखेटिएका छन ।
आज दिउँसो २ बजे रौतहटको खेसरहिया आएका मुख्य मन्त्री लालबाबु राउत, आन्तरिक मामिला तथा कानुन मन्त्री ज्ञानेन्द्र कुमार यादव र कृषि राज्य मन्त्री योगेन्द्र यादवलाई कालोझण्डा देखाउन खोज्दा प्रहरीले नेकपाका कार्यकर्ताहरुलाई लखेटिदिएका छन ।
केहि दिन अघि मात्रै माधवनारायण नगरपालिका २ खेसरहिया स्थित हनुमान मन्दिरका पुजारी श्रीराम साहको गोली हानी हत्या गरिएको थियो ।
पुजारीको हत्या भएपछि त्यस ठाउँमा शान्ति सुरक्षा कायम राख्न तथा अबदेखी त्यस्तो घटना फेरी नदोहोरियोस भन्ने हिसावले एक प्रहरी चौकी भवनको शिलान्यास गर्न मुख्य मन्त्री राउत सहितको टोली पुग्दा नेकपाका केहि कार्यकर्ताहरुले कालोझण्डा देखाउँदै नारा लगाएका थिए तर प्रहरीले लाठी चार्ज गर्न शुरु गरेपछि उनिहरु भागेका थिए ।
नेकपाका एक सांसदको कार्यकर्ताहरु कालोझण्डा देखाउन खोज्दा नेपाल तथा सशस्त्र प्रहरीले लाठी चार्ज गर्दै लखेटेका थिए । राउतले पुजारीको हत्यारालाई बचाउ गर्न आएको भन्दै नेकपाका कार्यकर्ताहरु कालोझण्डा देखाउन खोजेको थियो तर उनिहरु कालोझण्डा देखाउँन नपाउँदै प्रहरीद्धारा लखेटिन पुगेका थिए ।
केहि दिन अघि नै सो ठाउँमा सांसद साहले एक मन्दिर बनाउने घोष्णा गरी आफना श्रीमतिबाट शिलान्यास समेत गराएका थिए ।
Facebook Comments