Loading...
हेल्थ ल्याण्ड हस्पिटलले श्रीमतीको उपचारमा लापरवाही गरेको श्रीमानको आरोप ।

भदौ १९ गते ।
रौतहटको मध्य भाग गरुडामा रहेको हेल्थ ल्याण्ड हस्पिटलमाथी एक विरामीले गम्भिर आरोप लगाएको छ ।
जिल्लाको गढिमाई नगरपालिका ८ विरनगराका माधो साहले आफना श्रीमतिको उपचारमा हस्पिटलले लापरवाही गरेको आरोप लगाएका छन ।
केहि महिना अघि साहको श्रीमति गीता देवी साहको आफनै घरमा भएको झगडामा बाँया हातको हडी भाचेको थियो । त्यसपछि माधो साहले श्रीमतिलाई प्लास्टर गराउन हेल्थ ल्याण्ड हस्पिटल गरुडामा ल्याएका थिए ।
हस्पिटलका हाड जोर्नी तथा नसा रोग विशेषज्ञ एमबीबीएस एमएस अर्थो डा. कृष्ण कुमार झाले उनको श्रीमति गीता देवीको हातमा अर्को प्लेट लगाएर अप्रेसन गरिदिएको थियो । अप्रेसन गरेपस्चात केहि दिनको लागि ठिक भएपनि पछि गएर गीता देवीको अप्रेसन गरिएको हातको हडी कुहिएको र गनहाउन थालेको विरामीको श्रीमान माधो साहको आरोप छ ।
हस्पिटलका डाक्टरले राम्रो सँग अप्रेसन नगरेको र उपचारमा लापरवाही गरेको कारण आफना श्रीमतिको हात नै काटनुपर्ने अवस्था आएको साहले आरोप लगाएका छन ।
हस्पिटलमा भएको उपचारबाट ठिक नभएपछि पछि काठमाडौंमा गराएको उपचारबाट श्रीमतीको हात अहिले विस्तारै ठिक हुँदै गएको उनले बताए । हेल्थ ल्याण्ड हस्पिटलले गरेको सानो गल्तिका कारण काठमाडौंमा उपचार गराउनुपर्दा श्रीमतीको उपचारमा करिव ५ लाख रुपैया खर्च भएको उनले बताए ।
हस्पिटलमा पैसा पनि धेरै खर्च भएको र श्रीमतिको हात पनि ठिक नभएको भन्दै पिडित साहले श्रीमतिको उपचारमा लागेको खर्च उपलब्ध गराइदिन हस्पिटलसँग माग गरेको छ ।
विरामीका श्रीमान माधो साहले हेल्थ ल्याण्ड हस्पिटलले श्रीमतीको उपचारमा लापरवाही गरेको आरोप लगाएपनि हस्पिटलले उनको उपचारमा आफनो डाक्टरले कुनै लापरवाही र गल्ति नगरेको दावी गरेको छ ।
उनको आफनै कारणले हडी कुहिएको र उपचारमा आफुले कुनै लापरवाही नगरेको उपचारमा संलग्न डाक्टर कृष्ण कुमार झाले दावी गरेका छन ।
आफुले सफलतापुर्वक अप्रेसन गरेर घर पठाएको र २५ दिन पछि विरामीलाई पुन हस्पिटल आउनलाई भने पनि विरामीले आफुले दिएको समयमा नआएको कारण हडि कुहिन गएको डाक्टर झाले बताए ।
डाक्टर झाले भने आफुले अप्रेसन गरेपछि २५ दिन भित्रमा फेरी आउन भनेको थियो तर विरामीले ६ महिना पछि मात्रै हस्पिटल आएको कारण ढिलो भइ हडीमा समस्या आएको हो त्यसमा मेरो कुनै गल्ति छैन विरामीले समयमा आएको भए आज यस्तो समस्या आउदैन्थ्यो होला डाक्टर झाले बताए ।
आफुले अप्रेसन गरेपछि उनको हात पुर्ण रुपमा ठिक भइसकेको भएपनि श्रीमानसँग भएको झगडाको क्रममा श्रीमान माधो साहले विरामी रहेकी श्रीमति गीता देवी.लाई अप्रेसन भएको हातमै लठीले जोरले हानेपछि उनको हडी भाचेको र त्यसको दोष आफुमाथी नै लगाएको डाक्टर झाको दावी छ ।
विरामीको श्रीमानले उनको अप्रेसन भएकै ठाउँमा लठी प्रहार गरी हडी भाचेको र आफुलाई बदनाम गर्ने उदेश्यले त्यस्को सम्पुर्ण दोष आफुमाथी लगाएको हस्पिटलका एमबीबीएस एमएस अर्थो डा. कृष्ण कुमार झाले बताएका छन ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *