Loading...
आफुलाई बदनाम गर्न केहि व्यक्ति लागि परेको प्रधानाध्यापक चुनचुन यादवको आरोप ।

ओम प्रकाश यादव
भदौ २२ गते, रौतहट । रौतहटको कटहरिया नगरपालिका ४ हर्षाहामा रहेको श्री सामुदायीक आधारभुत विद्यालयका प्रधानाध्यापक चुनचुन प्रसाद यादवले आफुलाई बदनाम गर्ने उद्देश्यले केहि व्यक्तिले आफना बारेमा विभिन्न आरोप लगाएको बताएका छन ।
प्रधानाध्यापक यादवले केहि व्यक्तिहरु आफना व्यक्तिगत स्वार्थ पुर्ति गर्नको लागि आफु र आफना विद्यालयको बारेमा गलत आरोप लगाएको बताएका हुन ।
आफुले विद्यालयको लागि गरेको योगदान हेरेर हतोसाहित भएका केहि विरोधीहरु समाज र अभिभावकहरुमा आफुलाई बदनाम गर्ने नियतले आफना बारेमा गलत आरोप लगाएर भ्रम फैलाउन लागेको उनले बताए ।
केहि व्यतिmले फेसबुक मार्फत आधारभुत विद्यालय हर्षाहाका प्रधानाध्यापक चुनचुन यादवले विद्यालयमा हाजीर भएदेखी २०६६ सालदेखी हालसम्म कुनै किसिमको हिसाव पारदर्शी नगरेको, २०६९ सालदेखी हालसम्म विद्यालय व्यवस्थापन समिति गठन नगरेको, आफना मनोमानी शिक्षक सरुवा गरेको, व्यवस्थापन समितिका पुरानै अध्यक्षसँग बेला बेलामा हस्ताक्षर गराएको जस्ता विभिन्न आरोपहरु लगाएका छन ।
प्रधानाध्यापक यादवले आफुमाथी लगाइएका यी आरोपहरु प्रमाणित गरेर देखाउन उनिहरुलाई चुनौति दिएका हुन ।
आफुले विद्यालयको कुनै पनि शिर्षकको रकम हिनामिना गरेको प्रमाणित भए जस्तो सुकै कार्यवाहीको भागिदार हुन तयार रहेको भन्दै प्रअ यादवले गल्ति सावित नभएर यस्ता वहीयात कुरा लेख्नेलाई कानुनी कार्यवाही हुनुपर्ने बताए ।
आफुमाथी लागेको उक्त आरोपहरु भmुठा र निराधार रहेको प्रधानाध्यापक यादवले दावी गरेका छन ।
आफुले विद्यालयमा हाजीर भएदेखी प्रत्येक वर्ष विद्यालयको हर हिसाव सार्वजनिक गरेको, नियामनुसार व्यवस्थापन समिति पनि गठन गरेको र यसको प्रमाण पनि आफुले देखाउन तयार रहेको उनले बताए ।
शिक्षक सरुवा गर्ने अधिकार नगरपालिकाको भएपनि आफना बारेमा लगाएको आरोप सरासर गलत रहेको समेत उनले बताए ।
आफना बारेमा यस्ता कपोकल्पित, भा्रमक एवं तथ्यहीन कुरा समाजिक संजालमा लेखेर आफनो चरित्र हत्या गर्न खोज्नेलाई कानुनी कार्यवाही गर्नको लागि सम्बन्धित निकायमा जाने प्रधानाध्यापक यादवले चेतावनी दिएका हुन ।

 

 

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *