Loading...
सरकारको दादागिरी, निषेधाज्ञामै २५ गते भित्र कर तिर्न राष्ट्र बैंक मार्फत दबाब, चौतर्फी आलोचना

सरोज “खिलाडी”

२३ भदौ, काठमाडौं । सरकारले निषेधाज्ञा मै उद्योगी तथा व्यवसायीलाई तोकिएको समयभित्र कर भुक्तानी गर्न ताकेता गरेको छ । सरकारले भदौ ३ गते देखि नै निषेधाज्ञा गर्दै आएको छ भने भदौ २४ गते सम्म निषेधाज्ञाको समय तोकेको छ। निषेधाज्ञामा ब्यापार ब्यबसाय बन्द गरेको बेला आफ्ना नागरिकलाइ हेरचार गर्नु त कता कता उल्टै कर तिर्न र मासकेबारी बिबरण बुझाउन राष्ट्र बैंक मार्फत ताकेता गरेको हो। राष्ट्र बैंकले सुचना नै जारी गरेर बैंकहरुलाई कर तिर्नकालागि भदौ २३ देखि २५ सम्म सबै शाखाहरु खोल्नु भनेर सुचना निकाली सकेको छ । यो सुचनाले कर तिर्न व्यवसायीलाई दबाव दिएको छ । व्यवसायीहरुले लकडाउन र निषेधाज्ञा अवधिको कर्जाको ब्याज मिनाह गर्न माग गरेका छन्। राष्ट्रिय व्यवसायी महासंघले व्यसायीलाई गुजारा चलाउनै गाह्रो भएको भन्दै लकडाउन र निषेधाज्ञा अवधिभरको बैंक तथा सहकारी संस्थासमेतको ब्याज मिनाह गर्न माग गरेको हो।

 

महासंघले व्यवसायिक घरभाडा मिनाह गर्नुपर्ने, ५ प्रतिशत ब्याजदरमा बिना धितो कर्जा उपलब्ध गराउनुपर्ने, एक वर्षदेखि केरुङ नाकामा रोकिएका कन्टेनरहरु तुरुन्तै ल्याउन पहल गर्नुपर्ने माग गरेको छ। निषेधाज्ञा लम्बिएपछि न त सार्वजनिक गाडि गुडेका छन् न त करदाता बैंक वा कर कार्यालयसम्म पुग्न पाएका छन् । आर्थिक गतिविधि समेत ठप्प छन् । यस्तो अवस्थामा कर तिर्न थप समय दिनुपर्ने माग उद्योगी तथा व्यवसायीको छ । अहिलेको निषेधाज्ञामा कर तिर्न भन्नु ब्यापारीको ढाड सक्नु जस्तै हो, करदाताहरुको भनाइ रहेको छ । सरकारले लकडाउन थप्दै जाने तर उद्योगी व्यवसायीलाई परेको समस्यालाई भने वेवास्ता गर्दै आएको महासंघको भनाइ छ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *