Loading...
विधुत चोरको कारण छिन छिन मै लाइन जाने समस्या बढयो ः मौलापुर वितरण केन्द्र प्रमुख साह ।

ओम प्रकाश यादव
भदौ २३ गते, रौतहट । रौतहटको पच्छिमी भेग स्थित छिन छिन मै लाइन जाने समस्या बढेको छ । नेपाल विधुत प्राधिकरणको कार्यालय मौलापुर वितरण केन्द्रबाट सप्लाइ भएको लाइन छिन छिनमै गइरहेकाले ग्राहकहरु हैरान भएका छन ।
विगत एकसाता देखी एक छिनमै लाइन आउने र एक छिनमै जाने गरेकोले मौलापुर वितरण केन्द्रबाट विधुत उपभोग गरिरहेका मौलापुर, कटहरिया, देवाही गोनाही लगाएतका नगरपालिकाका हजारौ हजार उपभोक्ताहरु समस्यामा परेका छन ।
एक छिनमै लाइन आउने, एक छिनमै जाने, कहिले काही घण्टौसम्म लाइन नआउने जस्ता समस्याले उपभोक्ताहरु पिडित बनेका छन ।
दिनमा लाइन गएपनि अलि कम समस्या हुन्छ तर कहिले काही रातिमा घण्टौसम्म पनि लाइन नहुँदा गर्मीको यो मौसममा सुत्न धेरै अप्ठयारो हुने गरेको पत्रकार कृष्ण तिवारीले बताएका छन ।
छिन छिनमै लाइन आउने र जाने समस्याले पंखा, मोटर, टिवी लगाएत विधुतबाट चल्ने सबै उपकरणहरु खराव हुन सक्ने भएको हुँदा यो समस्यालाई तुरुन्त समाधान गर्न पत्रकार तिवारीले सम्बन्धित निकायलाई आग्रह गरेका हुन ।
यता मौलापुर वितरण केन्द्र मौलापुरका प्रमुख शक्ति साहले छिन छिनमै लाइन आउने र जानेमा आफनो कुनै दोष नरहेको स्पष्ट जवाफ दिएका छन ।
हुकिंग गरेर विधुत चोरी गर्नेहरुका कारण अहिले छिन छिनमै लाइन आउने र जाने समस्या उत्पन्न भएको कार्यालय प्रमुख साहले बताएका छन ।
किसानहरुले धान खेतमा पानी लगाउनको लागि अहिले जथाभावी रुपमा हुकिंग गरेर विधुत चोरी गरिरहेका कारण ओभर लोड भइ यस्तो समस्या भइरहेको उनले बताए ।
छिन छिनमै लाइन आउने र जाने जस्ता समस्याको समाधान गर्न हुकिंग गरी विधुत चोरी गर्नेहरुमाथी आफुहरु कडा निगरानी बढाएको कार्यालय प्रमुख साहले बताए ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *