Loading...
विवेकशील नेपाली दलद्धारा गरुडामा सर्वसाधारणलाई मास्क बितरण ।

ओम प्रकाश यादव
भदौ ३० गते, रौतहट । विवेकशील नेपाली दल रौतहटले आज गरुडा बजारमा मास्क बितरण गरेको छ । रौतहट जिल्लाको मध्य भागमा रहेको गरुडा बजारमा १ हजार ब्यक्तिहरुलाई विवेकशील नेपाली दलको केन्द्रीय सदस्य बिबेक शर्माको सकृयतामा हाथ सेनिटाईज गराई मास्क बितरण गरिएको छ ।
कोरोनाको अवस्था रौतहटमा बढ्दै गर्दा पनि यहाको बजार एरियामा भिडभाड भैइ रहदा बिना मास्को मानिसहरुको हिडडुल भईरहदा विवेकशील नेपाली दलले मास्क वितरण अभियान सञ्चालनमा ल्याएको छ ।
इलाका प्रहरी कार्यालय गरुडाको रोहवरमा उक्त मास्क वितरण गरिएको छ । उक्त कार्यक्रममा विवेकशील नेपाली दलका जिल्ला संयोजक लखिन्द्र गुप्ता, प्रदेश सदस्य अनिशुन खातुन, जिल्ला सदस्य गजेन्द्र साह, गजेन्द्र पटेल, सुरेन्द्र शर्मा, रितेश लगायतका नेता तथा कार्यकर्ताहरुको उपस्थिती रहेको थियो ।
यस अघि पनि विवेकशील नेपाली दलले कोरोना महामारीबाट बच्न जिल्लाका विभिन्न ठाउँमा मास्क, सेनिटाइजर सहितका स्वास्थ्य सामग्रि वितरण गरिसकेको र पुन वितरण अभियान सञ्चालन गरेको विवेकशील नेपाली दललका केन्द्रिय सदस्य विवेक शर्माले जानकारी दिएका छन ।

 

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *