Loading...
राज्य मन्त्री यादवको अथक प्रयासपछि रौतहटमा पीसीआर परीक्षण मेसिन सहितको ल्याब सञ्चालन ।

ओम प्रकाश यादव
२ असोज, रौतहट । प्रदेश २ का भूमि व्यवस्था कृषि तथा सहकारी राज्य मन्त्री योगेन्द्र यादवको अथक प्रयासपछि बल्ल रौतहटमा आज पहिलो पटक पीसीआर परिक्षण मेसिन सञ्चालन भएको छ ।

जिल्लाको गौर अस्पतालमा कोरोना जाँच गर्ने पीसीआर परीक्षण ल्याब आजदेखी सञ्चालनमा आएको छ ।

राज्य मन्त्री यादवको अथक प्रयासपछि बल्ल आजदेखी रौतहटमा पीसीआर परिक्षण मेसिन सहितको ल्याव सञ्चालनमा आएको छ ।
रौतहटमा पीसीआर परिक्षण मेसिन सहितको ल्याब स्थापनाका लागि प्रदेश राज्य मन्त्री योगेन्द्र यादवले अहम भूमिका खेल्नुभएको थियो ।
राज्य मन्त्री यादवको रौतहटमा घर भएको कारणले पनि उहाँले यस जिल्लामा पीसीआर मेसिन सञ्चालन गर्न मन्त्रीपरिषदको बैठकमा पटक पटक आवाज उठाउनुभएको थियो ।
प्रदेश २ सरकारको सहयोगमा कोरोना भाइरस (कोभिड १९) को परीक्षणका लागि पीसीआर ल्याब स्थापना गरिएको हो ।

प्रदेश २ सरकारका सामाजिक विकास मन्त्री नवलकिशोर साहले शुक्रबार एक कार्यक्रमका बीच पीसीआर परीक्षण ल्याबको उदघाटन गरेका छन् । सञ्चालनमा आएको ल्याबको ६ घण्टा भित्रमा ७२ वटासम्म स्वाब परीक्षण गर्न सक्ने क्षमता रहेको जनाइएकोे छ ।

जिल्लामा पीसीआर मेसिन सञ्चालन र व्यवस्थित आइसोलेसन निर्माणका लागि जिल्लाका प्रत्येक स्थानीय तहहरुले पाँच पाँच लाख रुपैयाँका दरले सहयोग गरेका थिए ।
ल्याब आफनै जिल्लामा सञ्चालनमा आएपछि अब कोरोना परिक्षणका लागि रौतहटका बासिन्दाहरुलाई बाहिर जाने बाध्याता अन्त्य भएको छ ।
पीसीआर ल्याब उदघाटन कार्यक्रममा बोल्दै सामाजिक विकास मन्त्री नवलकिशोर साहले प्रदेश २ कोरानाका कारण नराम्ररी प्रभावित भएको र समुदाय स्तरको संक्रमणले थप चुनौतीको सामना गर्नु परेको बताउनुभएको छ ।

प्रदेश २ सरकारले स्वास्थ्य पूर्वाधारको विकास र संक्रमणका बेला जोखिम नियन्त्रणका लागि सक्दो प्रयास जारी राखेको उहाँले बताउनुभयो ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *