Loading...
गएराति देखी भइरहेको वर्षाले धान उत्पादनमा वृद्धि हुने भन्दै रौतहटेली किसानहरु खुसी ।

ओम प्रकाश यादव
रौतहट, असोज ७ गते । गए रातिदेखी भइरहेको वर्षाले रौतहटेली किसानहरु निकै खुसी भएका छन । मंगलवार रातिदेखी रौतहट सहितका जिल्लाहरुमा वर्षा भइरहेको छ ।
यसअघि वर्षा नहुँदा चिन्तित बनेका किसानहरु अहिलेको वर्षाले हर्षित भएका छन । अहिलेको वर्षाले खास गरी धान, उखु लगाएतका बालीनालीलाई धेरै फाइदा हुने भएको छ ।
धानबाली र उखुको अहिले विकास हुने समयमा नै वर्षा भएपछि अब धान र उखुको उत्पादन पनि बढने भन्दै किसानहरु हर्षित भएका छन । अहिलेको वर्षाले केहि किसानलाई खुसी बनाएको छ भने केहिलाई पिडित बनाएको छ ।
अहिलेको वर्षाले भदैया धान लगाएका किसानहरु पिडित भएका छन । भदैया धान खेतमै काटेर सुक्नलाई छोडेकोमा अहिले वर्षाले धानलाई भिजाइदिएको र खेतमा समेत पानी लगाईदिएकोले समस्या भएको किसानहरु बताउँछन ।
यता भदैया बाहेकको धान बालीको विकास हुने मुख्य सिजनमै अहिले वर्षा हुँदा धानबालीको राम्रो विकास हुने, हुर्किने र दाना पनि राम्रै लाग्ने भन्दै किसानहरु खुसी व्यक्त गरेका छन ।
यसअघि अहिले पानीको नितान्त आवश्यकता भएको बेला पानी नपरेपछि धानको उत्पादनमा कमी आउने भन्दै किसानहरु चिन्तित बनेका थिए ।
खेतमा मेहनत गरेर लगाएको धानबली पानी नपरेको कारण विकास गर्न नसकिने भन्दै चिन्तित बनेका माधवनारायण नगरपालिका ६ माधोपुरका किसान शिव प्रसाद यादवले मंगलवार रातिदेखी भइरहेको अविरल वर्षाले अब धानबालीको उत्पादन बढने हुँदा धेरै खुसी भएका छन ।
असोज महिनाको पहिलोसाता बित्न लाग्दा पनि पानी नपरेको कारण धान हुने विश्वास छीन हुँदै गएको भन्दै याहाँका किसानहरु निराश हुँदै गएका थिए ।
गत वर्ष धान फल्ने यो मुख्य सिजनमा वर्षा नहुँदा सिचाईको सुविधा नभएको सदरमुकाम गौर लगायत राजदेवी, ईशनाथ, बौधिमाई, दुर्गा भगवती, यमुनामाई गाउँपालिका क्षेत्रमा धानको उत्पादनमा कमी आएको थियो तर धान फल्ने अहिले मुख्य सिजन भएको बेला भइरहेको वर्षाले यसवर्ष धान उत्पादनमा वृद्धि हुने किसानहरुको विश्वास रहेको छ ।

चन्द्रपुर नगरपालिका, गरुडा नगरपालिका, गढीमाई नगरपालिका, माधवनरायण नगरपालिका क्षेत्रमा नहरको सुविधा भएको र समयमा वर्षा पनि भएकोले यसवर्ष धान बाली केही बढी हुने अवस्था रहेको छ ।

 

 

 

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *