Loading...
रौतहटमा एक महिलाको विभत्स हत्या, एक गम्भिर घाईते, हत्या आरोपमा तिन जना पक्राउ ।

ओम प्रकाश यादव
गरुडा, असोज १० गते । रौतहटमा गएराति एक जना महिलाको हत्या भएको छ ।
जिल्लाको देवाही गोनाही नगरपालिका ५ टिकुलीयाका महेश तिवारीको श्रीमति जगरानी देवी तिवारीको विभत्स तरिकाले हत्या गरिएको छ ।
चार जनाको समुहमा आएका हतियारधारी समुहले राति करिव ९ बजेको समयमा धारिलो हतियार खुकुरी प्रहार गरी जगरानी देवीको हत्या गरेको हो ।
स्थानीय बली मुखिया विन सहित ४ जनाको समुहले जगरानी देवीमाथी अन्धाधुन्ध खुकुरी प्रहार गर्दा उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।
उक्त समुहले जगरानी देवीको श्रीमान महेश तिवारीलाई पनि खुकुरी प्रहार गरी गम्भिर घाइते बनाएको छ ।
स्थानीय बली मुखिया, सोनालाल मुखिया र प्रदिप मुखिया विनले तिनै जना मिलेर ज्यान मार्ने उदेश्यले महेश तिवारी र उनको श्रीमतिमाथी सुनियोजित तरिकाले आक्रमण गरेको थियो ।
तिवारी दम्पतीमाथी संघातिक आक्रमण गर्ने मध्येका स्थानीय बली मुखिया सहित तिन जनालाई पक्राउ गरिएको रौतहटका एसपी सिद्धीविक्रम शाहाले जानकारी दिनुभएको छ ।
हत्यामा संलग्न रहेको आरोपमा पक्राउ पर्नेहरुमा स्थानीय बली मुखिया, ओकिन्द्र मुखिया र अच्छेलाल मुखिया रहेको प्रहरीले जनाएको छ । अच्छेलालमुखिया रहेको प्रहरी उपरीक्षक

आक्रमणमा परेर महेशतिवारी गम्भीर घाइते भएका छन । तिवारीको गम्भीर अवस्थामा बिरगञ्ज स्थित एलएस न्युरो अस्पतामा उपचार भईरहेको छ ।
शुक्रवार राति खाना खाएर आफनै घर अगाडि सडकमा बसिरहेका दम्पतीलाई देवाहीगोनाही–५ टिकुलीयाका प्रदिप मुखिया, सोनालाल मुखिया र बलिमुखिया सहित चार जनामिलेर आक्रमण गरेका थिए ।
घटनामा संलग्न प्रदिप मुखिया, सोनालाल मुखिया, रामएकवाल मुखिया लगाएतहरु फरार रहेको तथा उनिहरुको खोजीकार्य भइरहेको एसपी शाहले बताउनुभयो ।
फरार भएका राम एकवाल मुखिया नेकपाको कार्यकर्ता रहेको बुझिएको छ ।
गाउँमा गफ गरेर बसिरहेको बेला खुकुरी लिएर आएका समूहले महेशलाई शुरुमा ज्यान मार्ने धम्कीदिएका थिए ।

ज्यानमार्नेधम्की पछि महेशले तत्काल ईलाका प्रहरी कार्यालय देवाही गोनाहीका इनस्पेक्टर निरीक्षकमेदनी शाहलाई फोन गरेका थिए तर, घटनास्थलमा प्रहरी नपुग्दै धम्कीदिए लग्तै सो समूह महेश दम्पतीमाथि आक्रमणमा उत्रेको थियो ।
समुहले महेश तिवारीमाथी अन्धाधुन्द खुकुरी प्रहार गर्न थालेपछि उनलाई बचाउन खोज्दा श्रीमति जगरानी देवीको हत्याभएको हो । दुबै जनाको शरीरको टाउको, अनुहार, पिठयु, हात, खुटा लगाएतका भागमा गम्भिर घाउ र चोट देखिएको छ । खुकुरी प्रहारबाट श्रीमति जगरानी देवीको मृत्यु भएको र उनका श्रीमान महेश तिवारी गम्भिर घाइते भएका थिए ।
तिवारी दम्पतीमाथी संघातिक आक्रमण भइरहेको थाहा पाएपछि गाउँलेहरुलेहोहल्ला गरेपछि आक्रमणकारीहरु भागेका थिए ।

महेशको देव्रे हात, कन्चट, टाउको लगाएतका भागमा गम्भिर घाउ लागेको छ भने जगरानी देवीको टाउको र घाँटीमा गम्भिर चोट एवं घाउ लागेको छ ।

केहि महिना अघि मुखिया परिवार र तिवारी परिवार बिच बाटोको निकाश निकाल्ने बारेमा विवादभएको थियो । सो विवादमा तिवारी परिवरको तर्फबाट मशेह तिवारी अदालतमा साकछी बसेका थिए ।
अदालतमा तिवारीको तर्फबाट किन साकछी बसेको भन्दै मुखिया परिवारले मशेहलाई पटक पटक ज्यान मार्ने धम्कीदिँदै आएको थियो ।
सोही कारणले हत्याभएको हुनसक्ने प्रहरिको प्रारम्भिकनिष्कर्ष छ यद्यपी घटना सम्बन्धमा थप अनुसन्धानभइरहको जिल्लाप्रहरी कार्यालय रौत्हटले जनाएको छ ।

 

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *