Loading...
जयरानी देवीको पार्थिव शरीरमा माला चढाउँदै अपराधीलाई कार्यवाही गर्न कांग्रेस नेता यादवले गरे माग ।

ओम प्रकाश यादव
असोज १० गते, रौतहट । संविधानसभा सदस्य एवं नेपाली कांग्रेसका नेता सुनिल यादव उर्फ जितेन्दले रौतहटमा गएराति हत्या भएको महिलाको पार्थिव शरीरमा आज फुल र माला चढाएर श्रद्धाञ्जली अर्पण गरेका छन ।
धारिलो हतियार खुकुरी प्रहारबाट मृत्यु भएको जिल्लाको देवाही गोनाही नगरपालिका ५ टिकुलीयाका महेश तिवारीकी श्रीमति जगरानी देवीको दिवंगत शरीरमा कांग्रेसका प्रभावशाली नेता सुनिल यादवले फुल र माला चढाएका हुन ।
नेता यादवले लालबकैया नदीमा आज भएको अन्त्योस्टि कार्यक्रममा सहभागी हुँदै मृत्क जयरानी देवीको दिवंगत शरीरमा फुल माला चढाएर भावपुर्ण श्रधाञ्जली व्यक्त गरेका हुन ।
सो क्रममा नेता यादवले आक्रमणमा परी घाईते भएका जयरानी देवीको श्रीमान महेश तिवारीलाई शिघ्र स्वास्थ्य लाभको कामना गर्दै उनको शोक सन्तप्त परिवार जनमा गहिरो सम्वेदना प्रकट गरेका हुन ।
संविधानसभा सदस्य यादवले मृत्क जयरानी देवीको मृत आत्माको चिर शान्तिको कामना गर्दै उनको आत्माको स्वर्गमा बासको लागि इश्वरसँग प्रार्थना समेत गरेका हुन ।
रौतहट निर्वाचन क्षेत्र नं ३ का सांसदका प्रत्याक्षी समेत रहेका कांग्रेस नेता सुनिल यादव उर्फ जितेन्द्रले जयरानी देवीलाई विभत्स तरिकाले हत्या गरिएको घटनाले आफुलाई निकै दुखि बनाएको बताएका छन ।
यस दुखद घटनाको घोर भत्र्सना गर्दै नेता यादवले तिवारी परिवारमाथी भएको संघातिक हमलाको घोर निन्दा गरेको छ ।
संविधानसभा सदस्य यादवले घटनाको निष्पक्ष छानवीन गरी दोषीलाई कडा भन्दा कडा कार्यवाही गर्न प्रशासनसँग माग गरेका छन ।
नेता यादवले पराराधी जो सुकै अथवा जुन पार्टीको भएपनि तुरुन्त पक्राउ गरी हदैसम्मको कार्यवाही गर्न सम्बन्धि निकायसँग जोडदार माग गरेका हुन ।

 

स्थानीय बली मुखिया, सोनालाल मुखिया र प्रदिप यादवको समुहले गएराति तिवारी दम्पतीमाथी अन्धाधुन्ध खुकुरी प्रहार गरेको थियो ।
खुकुरी प्रहारबाट जयरानी देवीको मृत्यु भएको छ भने श्रीमान महेश तिवारी गम्भिर घाईते भएका छन । उनको उपचार अहिले विरगंजमा भइरहेको छ ।
घटनाका मुख्य योजनाकार मध्येका एक बली मुखिया र अच्छेलाल मुखिया पक्राउ परिसकेका छन भने अझै केहि जना फरार रहेका छन ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *