Loading...
केन्द्र सरकारले रौतहटको किसानहरुको माग पुरा नगरे आफु स्वंयम धर्नामा बस्ने मन्त्री यादवको चेतावनी ।

ओम प्रकाश यादव
असोज ११ गते, रौतहट । प्रदेश २ सरकारका भुमि ब्यवस्था कृषि तथा सहकारी राज्य मन्त्री योगेन्द्र यादवले रौतहटको गरुडामा बन्द अवस्थामा रहेको श्रीराम सुगर मिल्सलाई जसरी पनि सञ्चालन गराउनु पर्ने बताएका छन ।
राज्य मन्त्री यादवले मिल्स सञ्चालन, किसान र उद्योगका मजदुरहरुको बक्यौता रकम भुक्तानीको लागि काठमाडौं केन्द्रित आन्दोलन थाल्न किसानहरुलाई आग्रह गरेका हुन ।
उखु उत्पादक संघ रौतहटले गरुडा चिनी मिल सञ्चालन, मजदुर तथा किसानहरुको बाँकी बक्यौता रकम भुक्तानी गर्नको लागि दवाव स्वरुप आज गरुडा स्थित चिनि मिल गेटको अगाडि मेन रोडमा गरेको आन्दोलनमा एक्यवद्धता जनाउँदै कृषि राज्य मन्त्री यादवले यस्तो आग्रह गरेका हुन ।
उद्योग सञ्चालन सम्बन्धी अधिकार केन्द्र सरकारको मातहत अन्तर्गत रहेकोले किसानहरुको समस्या केन्द्र सरकारले नै समाधान गर्नुपर्ने राज्य मन्त्री यादवले धारण राखेका हुन ।
बन्द भएको गरुडा मिल सुचारु गराउन तथा किसान र मजदुरहरुको जायज माग पुरा गर्नको लागि केन्द्र सरकारले पहल गर्नुपर्ने र प्रदेश सरकार केन्द्र सरकारलाई सहयोग गर्न पुर्ण रुपमा तयार रहेको मन्त्री यादवले बताए ।
रौतहटको धरोहरको रुपमा रहेको गरुडा चिनि मिल बन्द भएपनि केन्द्र सरकारले अहिलेसम्म मिल सुचारु गराउन कुनै कदम नचाल्नु दुखद रहेको उनले बताए ।
रौतहट निर्वाचन छेत्र नं १ को खबाट प्रदेश सभा सदस्यमा निर्वाचित प्रदेशस सांसद समेत रहेका कृषि राज्य मन्त्री योगेन्द्र यादवले बन्द उद्योग सञ्चालन, किसान र मजदुरको बक्यौता रकम भुक्तानीका लागि प्रदेश सरकार कहाँ एउटा डेलिगेसन लिएर आउन किसानहरुलाई सुझाव दिएका हुन ।
प्रदेश सरकार कहाँ डेलिगेसन पुगेपछि प्रदेश सरकारले किसानको माग पुरा गर्नको निमित केन्द्र सरकारको उद्योग मन्त्रालयमा पत्र पठाउने र त्यसबाट पनि माग पुरा नभए संघिय सरकारको उद्योग मन्त्रालयको अगाडि धर्नामा बस्न किसानहरुलाई सुझाएका हुन ।
प्रदेश सांसद एवं राज्य मन्त्री यादवले उद्योग मन्त्री भट गरुडा मिल पुन सञ्चालन, किसान र मजदुरहरुको माग पुरा गर्न नसके किसानहरुसँग आफु पनि सिंहदरबारको अगाडि धर्नामा बस्ने प्रतिवद्धता जनाएका हुन ।
मन्त्री यादवले संघिय सरकारलाई माग पुरा गर्न बाध्य बनाउने गरी आन्दोलन वा दवाव नदिएसम्म मिल सञ्चालन र किसान तथा मजदुरहरुको समस्या समाधान हुने सम्भावना कम रहेकोले काठमाडौं केन्द्रित आन्दोलन थाल्न किसानलाई आग्रह गरेका हुन ।
सोही कार्यक्रममा बोल्दै जनता समाजवादी पार्टीका प्रदेशसभा सदस्य वृज किशोर यादवले उधोगपतिले गरुडा चिनि मिलको जग्गा विक्रि गर्न लागेको भन्दै आफुहरु कुनैपनि हालतमा मिलको एकसुको पनि जग्गा विक्रि गर्न नदिने चेतावनी दिएका छन ।
मिल सञ्चालन गर्नको लागि आफुहरुले सहुलियत दरमा विक्रि गरेको जग्गामा मिल नै सञ्चालन हुनुपर्ने उनले बताए ।
जनता समाजवादी पार्टीका नेता यादवले कसैले पनि मिलको उक्त जग्गा खरिद गरेपनि भोगचल्न गर्न नदिने चेतावनी दिएका हुन ।
केहि महिना अगाडि गरुडा चिनि मिलले सुचना जारी गर्दै मिल निरन्तर घाटामा गएको भन्दै अबदेखी मिल सधैका लागि बन्द भएको भनी घोष्णा गरेको थियो ।
गरुडा श्रीराम सुगर मिल्सले उखु खरीद गरे वापतको किसानहरुको विगत पाँच वर्षको ४१ करोड भन्दा बढी रकम भुक्तानी गर्न बाँकी राखेको र त्यसमा पनि किसानलाई भुक्तानी दिनुपर्नेमा उद्योगपतिले सधैका लागि मिल नै बन्द भएको घोष्णा गरेपछि उखु उत्पादक संघ, किसान र मजदुरहरु चरनवद्ध आन्दोलनमा उत्रेका छन ।
उद्योगपतिलाई मिल सञ्चालन, किसान र मजदुरहरुको रकम भुक्तानी गर्ने माग राखी उखु उत्पादक संघ रौतहटले विगत दुई दिन देखी गरुडा मिलको अगाडि विरेन्द्र राजमार्गमा चक्का जाम गर्दै आएका छन ।
संघले दवाव स्वरुप हिजो एक घण्टा गरेको चक्का जाम आज दुई घण्टा गरेको थियो भने भोली ३ घण्टा चक्का जाम गर्ने जनाएको छ ।
भोली पनि आफुहरुको माग पुरा नभए भोली यो भन्दा पनि कडा संघर्षका कार्यक्रम सार्वजनिक गर्ने उखु उत्पादक संघ रौतहटले चेतावनी दिएको छ ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *